सानिमा बैंकले चिप प्रविधिमा आधारित कार्ड प्रयोगमा ल्यायो, डलर क्रेडिट कार्ड पनि ल्याउँदै



sanima_bank_810
काठमाडौं । सानिमा बैंकले चिप प्रविधिमा आधारित डोमेस्टिक डेबिट, क्रेडिट र डलर डेबिट/ट्राभल कार्ड प्रयोगमा ल्याउने भएको छ ।

यी चिपभएका कार्डहरु एटिएम तथा पीओएस मेसिनहरुमा कारोबार गर्न अझ सुरक्षित मानिन्छन् । नयाँ प्रविधिमा आधारित यी चिपकार्डहरु बाट ग्राहकहरुले ढुक्क भई सुरक्षित कारोबार गर्न सक्ने बैंकले जनाएको छ ।

चिप बेस्ड कार्डबाट कारोबार गर्दा यसमा प्रयोग भएको चिपले प्रत्येक कारोबारमा नयाँ कोड सिर्जना गर्ने र सोही कोड पुनःप्रयोग गर्न नसकिने भएकाले कारोबारहरु बढी सुरक्षित हुन्छन् । बैंकले छिट्टै डलर क्रेडिट कार्ड जारी गर्ने योजना लिएको छ ।


क्लिकमान्डु