२५ प्रतिशत क्रेडिट कार्ड बाहकले कर्जा तिर्दैनन्



credit-card
काठमाडौं । नेपालमा क्रेडिट कार्डको लोकप्रियता बढ्दै गएपनि यसको जोखिम भने कम नभएको पाइएको छ । धितो बिना नै क्रेडिट कार्ड जारी हुने परिपाटीको कारण क्रेडिट कार्ड मार्फत् लिइएको कर्जा तिर्ने क्रम कम भएर जोखिम बढ्दै गएको बैंकर्सले बताएका हुन् ।

कर्जा नतिर्ने जोखिम बढी भएको कारण यसको ब्याजदर र समयमै भुक्तानी नगरे लाग्ने शुल्क महंगो भएको नेपाल बंगलादेश (एनबी) बैंकका प्रमुख कार्यकारी अधिकृत ज्ञानेन्द्र ढुंगाना बताउँछन् ।

‘क्रेडिट कार्डमार्फत् लिइने कर्जाको ब्याजदर र समयमै कर्जा भुक्तानी नगरे लाग्ने शुल्क निकै महंगो छ, कार्ड लिने प्रत्येक ४ जनामा १ जनाले कर्जा भुक्तानी नगर्ने देखिएकोले ब्याजदर र चार्ज बढी भएको हो,’ बैंकर्स एसोसिएसनका उपाध्यक्ष समेत रहेका ढुंगानाले क्लिकमाण्डूसँग भने ।

चार जनामा एक जनाले कर्जा नतिर्नु भनेको समग्र कर्जाको करिब २५ प्रतिशत कर्जा नउठेर समस्यामा पर्छ भन्ने नै हो ।

बैंकहरुले ब्यक्तिको आम्दानीको १० गुणासम्म कर्जा दिने गरेको र यस्तो कर्जा एक बर्षभित्रमा चुक्ता गरिसक्नु पर्ने हुन्छ ।


क्लिकमान्डु