कसरी सुरु भयो एटिएम ? किन राखिन्छ चार अंकको पिन कोड ?



atm-1
२ मंसिर, काठमाडौं । अचेल मान्छेहरुका खल्ती–खल्तीमा अटोमेटेड टेलर मेसिन (एटिएम) कार्ड हुन्छ । युवा पुस्तामा त एटिएम निकै लोकप्रिय भइसकेको छ । एटिएम मेसिनमा लगेर कार्ड छिरायो । पिन कोड डायल गर्यो । र, खातामा भएको रकमबाट आफुलाई आवश्यक परेजति रकम तुरुन्तै निकाल्यो ।

एटिएमले मान्छेहरुको जिउने शैलीमै परिवर्तन ल्याएको छ । नगद बोकेर हिँड्दा त्यो चोरी हुन सक्ने, हराउन सक्ने डर हुन्थ्यो । बैंकहरुले एटिएम सेवा सुरु गरेपछि उपभोक्ताहरु नगद बोकेर हिँड्न छाडेका छन् ।

एटिएमले बैंकिङको परिभाषा बदलेको मात्रै छैन कि बैंकिङ कारोवारमा समेत ठूलो परिवर्तन ल्याएको छ । एटिएमकै कारण मानिसहरु आफूलाई चाहिने बस्तु तथा सेवा उपभोग गर्न सक्छन् । र, चाहेको ठाउमा तुरुन्तै नोट निकालेर त्यसको भुक्तानी गर्न सक्छन् ।

एक छिन कल्पना गर्नुस् त एटिएम नभएको भए के हुन्थ्यो होला ? यदि तपाईँलाई एटिएमको भूमिका महत्वपूर्ण छ भन्ने लाग्छ भने एटिएम मेसिन बनाउने जन सेफर्ड बैरनलाई धन्यवाद दिनुहोला ।

सेफर्डले भनेका थिए ‘श्रीमतीले भनेकी थिइन की उनलाई जम्मा चार अंक मात्रै सम्झनामा रहन्छ, यसकारण उनकै कारणले पिन नम्बरमा चार अंक नै विश्व मानक बन्यो ।’

बैरनको जन्म २३ जुन १९२५ मा भारतको सिलाङमा भएको हो । जुन अहिले मेघालयमा राज्यमा पर्छ । यो पहिला आसाममा पथ्र्यो । स्कटल्याण्डका नागरिक बैरनका बाबु उत्तरी बंगालको चटगाउ पोर्टको प्रमुख कमिसनर इन्जिनियर थिए ।

जहाँ हिजोआज एटिएमवाट पैसा निकालेर फर्कनु ओलम्पिक मेडल जित्नु बराबर नै भएको छ ।

सन् २०१० मा बैरनले यो दुनिया छोडिसकेका छन् । नुहाउदै गर्दा उनको दिमागमा आएको एक विचारले मानवीय जीबन तथा पैसाको खेल पूरै बदलिदिएको छ ।

jan-seferd-bairan
जोन शेफ़र्ड-बैरन

सन् १९६७ मा दुनियाको पहिलो एटिएम मेसिन लण्डनको एक बैंकमा राखिएको थियो । टिभी सिरियल ‘अन द बसेज’ का कलाकार रेग वान एनफिल्डमा बारक्लेज बैंकवाट पैसा निकाल्ने पहिलो मानिस बने । सो समयमा एटिएमलाई ‘होल इन द वाल’ नाम दिइएको थियो ।

नेपालमा हिमालयन बैंकले पहिलोपटक एटिएम भित्र्याएको हो । सन् १९९५ बैंकले न्यूरोड कार्यालयमा एटिएम मेसिन राखेको थियो । हाल नेपालमा एटिएम सेवा नदिने कुनैपनि बैंक तथा वित्तीय संस्था छैनन् ।

सेफर्ड बैरनले भनेका थिए ‘मेरो दिमागमा विचार आयो कि मसँग ब्रिटेन वा दुनियाको कुनै पनि ठाउँवाट पैसा निकाल्ने कुनै तरिका हुनु पर्यो, चलकलेट बार दिने मेसिन जस्तै, जसबाट चकलेटको साटो पैसा निक्लियोस ।’

नेपाली बैंक बैंक तथा वित्तीय संस्थाहरुले ४५ लाख एटिएम कार्ड जारी गरेका छन् । यो संख्या अझै कम भएको महशुस गरिएको छ ।

सन् २००७ मा विविसीलाई दिएको एक अन्तरवार्तामा सेफर्ड बैरनले भनेका थिए ‘मेरो दिमागमा विचार आयो कि मसँग ब्रिटेन वा दुनियाको कुनै पनि ठाउँवाट पैसा निकाल्ने कुनै तरिका हुनु पर्यो, चलकलेट बार दिने मेसिन जस्तै, जसबाट चकलेटको साटो पैसा निक्लियोस ।’

बारक्लेज बैंकका प्रमुख एग्जिक्युटिवले सेफर्डलाई साथ दिए । र, सम्झौता पनि गरे र काम सुरु भयो । त्यो समयसम्ममा प्लाष्टिक कार्डको आविस्कार भइसकेको थिएन । यसकारण ती मेसिनमा चेकको प्रयोग गर्न थालियो ।

यस्तो चेकमा कार्वन १४ लगाइएको हुन्थ्यो । यसैको सहयोगले मेसिनले पहिचान गर्न सक्दथ्यो र ब्यक्तिगत पहिचान नम्बर अर्थात पिन नम्बरको सहयोगले चेकको जाँच गर्दथ्यो । सो समयमा यस्तो मेसिनबाट बढीमा १० पाउन्ड निकाल्न सकिन्थ्यो ।

पिन नम्बर चार अंकको नै किन बनाइयो ? सेफर्डले यसको राज पनि बताएका छन् । उनलाई ६ नम्बरको आफ्नो आर्मी नम्बर याद थियो । तर, उनकी श्रमती क्यारोलिनले उनको एउटा नम्बर चलाउन दिइनन् ।

सेफर्डले विविसीसँग भनेका थिए ‘श्रीमतीले भनेकी थिइन की उनलाई जम्मा चार अंक मात्रै सम्झनामा रहन्छ, यसकारण उनकै कारणले पिन नम्बरमा चार अंक नै विश्व मानक बन्यो ।’

विविसी हिन्दीको सहयोगमा ।


क्लिकमान्डु