राष्ट्रपतिबाट बजेट अधिवेशन आह्वान

0
Shares

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले दुवै सदनको बजेट अधिवेशन आह्वान गरेका छन् ।

मन्त्रिपरिषद्को सिफारिस अनुसार चैत १९ गते दिउँसो २ बजेका लागि राष्ट्रपतिले अधिवेशन आह्वान गरेका हुन् ।

राष्ट्रपति कार्यालयका प्रवक्ता रितेशकुमार शाक्यका अनुसार राष्ट्रपति पौडेलले संविधानको धारा ९३ को उपधारा १ अनुसार बैठक आह्वान भएको हो ।