
काठमाडौं । काठमाडौंका पूर्वसीडीओ छवि रिजाल पक्राउ परेका छन् । भदौ २३/२४को जेनजी आन्दोलनका क्रममा उनी काठमाडौंका सीडीओ थिए । उनलाई सुविधानगरबाट पक्राउ गरिएको जनाइएको छ ।
जेनजी प्रदर्शनबारे छानबिन गर्न गठित उच्चस्तरीय जाँचबुझ आयोगले काठमाडौँका तत्कालीन प्रमुख जिल्ला अधिकारी छवि रिजाललाई दोषी किटान गर्दै मुद्दा चलाउन सिफारिस गरेको थियो ।
बानेश्वरमा किशोरहरुको ज्यान जानेगरी गोली चलाउन आदेश दिएको भनेर रिजालको आलोचना भइरहेको छ । कार्की आयोगको प्रतिवेदन कार्यान्वयन गर्ने मन्त्रिपरिषद्को निर्णयसँगै पूर्वप्रधानमन्त्री केपी शर्मा ओली र तत्कालीन गृहमन्त्री रमेश लेखक पक्राउ परिसकेका छन् ।








प्रतिक्रिया