सेयरधनीलाई ७० प्रतिशत बोनस दिने एभरेष्ट बैंकको घोषणा



everest-bank-limited१ मंसिर, काठमाडौं । एभरेष्ट बैंकले सेयरधीलाई चुक्ता पुँजीको ७० प्रतिशत बोनस सेयर दिने भएको छ । बुधबार बसेको बैंकको सञ्चालक समितिको बैठकले गत बर्ष कमाएको १ अर्ब ७३ करोड रुपैयाँ नाफाबाट सो लाभांश प्रस्ताव गरेको हो ।

बैंकले प्रस्ताव गरेको बोनस सेयर पारित भएपछि बैंकको चुक्ता पुँजी ४ अर्ब ६६ करोड लाख रुपैयाँ पुग्नेछ । हाल बैंकको चुक्ता पुँजी २ अर्ब ७४ करोड रुपैयाँ छ । बैंकको रिजर्भमा ६ अर्ब ३८ करोड रुपैयाँ छ ।

बैंकको सञ्चालक समितिले प्रस्ताव गरेको बोसन सेयर नियामक नेपाल राष्ट बैंक र बैंककै आगामी साधारणसभाले पारित गर्न भने बाँकी नै छ ।

बोनस सेयर वितरण भएपछि कायम हुने चुक्ता पुँजीमा बैंकले ३ सेयर बराबर १ सेयर अर्थात् ३३.३३ प्रतिशत हकप्रद सेयर दिने छ । हकप्रद सेयर निष्काशनपछि बैंकको चुक्ता पुँजी ६ अर्ब २० करोड रुपैयाँ पुग्नेछ ।

आगामी चालू आर्थिक वर्षमा कमाएको नाफाबाट बैंकले बोनस सेयर जारी गरेर र फरदर पब्लिक अफरिङ (एफपीओ) जारी गरेर चुक्ता पुँजी ८ अर्ब रुपैयाँ पु¥याउने जनाएको छ ।

गत आर्थिक वर्षको मौद्रिक नीतिमा राष्ट्र बैंकले ०७४ असार राष्ट बैंकले ०७४ असार मसान्तसम्ममा वाणिज्य बैंकहरुको न्यूनतम चुक्ता पुँजी ८ अर्ब रुपैयाँ हुनुपर्ने व्यवस्था गरेको छ ।


क्लिकमान्डु