भिडियो हेर्न यी हुन् ‘टप’ मोबाइल सेट



qik-iphone-app11

मोबाइल फोनको प्रयोग कसैलाई राम्रो तस्विर र भिडियो खिच्नका लागि हुन्छ भने कसैलाई स्टोरेजका लागि त कसैलाई गेम खेल्नका लागि । यो बाहेक मोवाइलको प्रयोग भिडियो हेर्नका लागि पनि हुने गर्छ । यदी तपाईहरू मोबाइल सेट भिडियो हेर्नका लागि पनि खरिद गर्दै हुनुहुन्छ भने मोबाइलको डिस्प्लेलाई बिशेष ध्यान दिने गर्नुस् । डिस्प्ले जति राम्रो हुन्छ तस्विर, भिडियो पनि उत्तिकै राम्रो देखिन्छ ।

१. एचटिसी १०

htc-10एचटिसीको यो मोडलमा स्न्यापड्रगन ८ सय २० प्रोसेसरको साथमा ४ जिवी र्‍याम रहेको छ भने इन्टरनल स्टोरेज ३२/६४ जिवीको रहेको छ । यसमा माइक्रो एसडी मार्फत् स्टोरेज बढाउन पनि सक्नुहुन्छ ।
यो सेटको डिस्प्ले ५ दशमलब २ इन्चको छ । यसको डिस्प्ले एचडी सुपर एलसिडीको फिफ्थ जेनेरेशनको रहेको छ । २४५०X१४४० पिक्सेलको डिस्प्ले र ५ सय ६५ पिपिआइको डेन्सिटी रहेको यो सेटको ग्लास कर्निङ गोरिल्ला ३ रहेको छ ।

२. सामु्ङ जे ७

५ इन्चको फुल एचडी टिएफटी डिस्प्ले रहेको यो सेटमा कर्निङ गोरिल्लाको ग्लास ४ राखिएको छ । यो सेटको डिस्प्ले १०८० गुणा १९२० रहेको छ ।
१ दशमलब ६ गिगाहर्ज ओक्टाकोर प्रोसेसर रहेको यो सेटमा ३ जिवी र्‍याम र १६ जिवी इन्टरनल मेमोरी रहेको छ भने मेमोरी कार्ड मार्फत् क्षमतालाई अझ बढाउन पनि सकिन्छ ।

३. शाओमी मि म्याक्स ३

क्वालकम स्न्यापड्रागन ६ सय ५० प्रोसेसर रहेको यो सेटमा ३ र ४ जिवी र्‍यामको अप्सन रहेको छ । ३ जिवी र्‍याममा ३२ जिवी स्टोरेज र ४ जिवी र्‍याममा ६४ जिवी स्टोरेज रहेको छ भने माइक्रो एसडी मार्फत् स्टोरेजलाई बढाउन पनि सकिन्छ ।
६ दशमलब ४४ इन्चको एचडी एलसीडी रहेको यो सेटको डिस्प्ले १०८० गुणा १९२० रहेको छ । गोरिल्लाको ग्लास ४ रहेको यो सेटको पिक्सेल डेन्सिटी ३ सय ४२ पिपिआइ रहेको छ ।

४. आईफोन ७

एप्पलले हालै अन्तराष्ट्रिय बजारमा ल्याएको आईफोन सेभेन पनि भिडियो हेर्नका लागि उपयोगी मानिन्छ । एचडी डिस्प्ले रहेको यो सेटको रिजोलुसन ७५० गुणा १३३४ पिक्सेल रहेको छ । यो सेटको डिस्प्ले अन्य सेटको तुलनामा २५ प्रतिशत बढी चहकिलो समेत छ । यसको डिस्प्लेले थि्रडी पनि सर्पोट गर्ने गर्छ ।

५.एलजी जि ५

lg_g5क्वाड एचडी एलसिडी डिस्प्ले रहेको एलजीको जि फाइभको स्त्रिmनको रिजोलुसन १४४० गुणा २५६० रहेको छ । यसको स्त्रिmनको पिक्सेल डेन्सिटी ५ सय ५४ पिपिआइ रहेको छ ।
गोरिल्ला ग्लास ४ राखिएको यो सेटमा क्वालकोम स्न्यापड्रगन ८ सय २० प्रोसेसर रहेको छ । ४ जिवी र्‍याम र ३२ जिवी इन्टरनल मेमोरी रहेको यो सेटमा माइक्रो एसडी मार्फत् स्टोरेज बढाउन पनि सकिन्छ ।


क्लिकमान्डु