इन्स्टाग्राममा ड्राफ्टको सुविधा



clickmandu-images

फेसबुकले १ बिलियन अमेरिकी डलरमा खरिद गरेको इन्स्टाग्राम अहिले फोटो तन्नेरी पुस्तामाझ लोकप्रिय रहेको छ । एन्ड्रोइडमा १ अर्ब भन्दा बढि र आइओएसमा ५० करोडको हाराहारीमा डाउनलोड भएको इन्स्टाग्राम अहिले स्थापनाको छैटौं बर्षमा चलिरहेको छ ।

यहि सेप्टेम्बर १९मा इन्स्टाग्रामले मोबाइल एप्स् लक्षित नयाँ फिचर थपेको छ । जिमेल, ट्वीटरमा लोकप्रिय बनेको ड्राफ्ट फिचर इन्स्टाग्रामले हालसालै थपेको हो ।
आफ्नो फोटोलाई उपलब्ध कयौं फिल्टरमा इडिटको सुबिधा दिने इन्स्टाग्रामले ड्राफ्टको सुबिधा प्रयोगकर्तालाई खुल्ला गेरको हो । प्रयोगकर्तालाई यसभन्दा अगाडी आफुले एडिट गरिरहेको फोटो वा भिडियोलाई भविस्यमा पुन एडिट वा एडिटपश्चात भएको परिबर्तनलाई रोलब्याक गर्ने सुबिधा उपलब्ध थिएन ।प्केही महत्वपूर्ण
काम अपर्झट गर्नुपर्दा वा केही व्यस्तताले इन्स्टाग्राममा पोस्ट गर्न तयार भईनसकेको फोटोलाई रद्द वा हतारहतार पोस्ट गर्ने बाध्यता थियो । यो संगै आफुले गर्दै गरेको एडिटलाई बिचैमा रद्द गर्ने वा तुरुन्तै पोस्ट गर्नैपर्ने बाध्यता हटेको छ ।
कसरी ड्राफ्टको प्रयोग गर्ने ?
इन्स्टाग्राम खोल्नुहोस् र सर्वप्रथम कुनै फोटो चुन्नुहोस जसलाई तपाई  एडिट गर्न चाहानुहुन्छ । त्यसलाई उपलब्ध फिल्टरद्वारा परिमार्जन गर्नुहोस् र स्क्रिनको सिरानमा रहेको नेक्स्ट बटन थिच्नुहोस् । तपाई फोटोको क्याप्सन सेक्सनमा पुग्नुभयो । फोटोलाई कुनै क्याप्सन दिनुहोस् र तपाई मोबाइलको ब्याक की को प्रयोग गरेर
अघिल्लो स्क्रिनमा फर्कनुहोस् र पुन ब्याक कि लाई दबाउनुहोस् । स्क्रिनको मध्यभागमा एउटा पपअप देखा पर्ने छ जसमा सेभ एस ड्राफ्ट वा रद्द (डिस्कार्ड) देख्नुहुनेछ ।
यसरी तपाई इन्स्टाग्रामको ड्राफ्टको प्रयोग गर्न सक्नुहुने छ ।
यसले मेनेज बटनको सुविधा दिएको छ जसले गर्दा प्रयोगकर्ताले अघिल्लो पटक ड्राफ्टमा राखेको अपूर्ण एडिटलाई मेटाउन वा पुन प्रयोग ल्याउन सक्नेछन् ।


क्लिकमान्डु