अब टि्वटरको ‘क्यारेक्टर लिमिटमा’ फोटो र भिडियो नपर्ने



twitter

छोटोमा मिठो कुरा ब्यक्त गर्ने सोसल मिडियामा आफुलाई ब्राण्डिङ गरेको टि्वटरले निकै चलाखिपूर्ण रुपमा प्रयोगकर्तालाई मंगलबार देखि सुविधा थप गरेको छ ।

अन्य सोसल मिडियाहरूले प्रयोगकर्ताहरूलाई सुविधाहरू बढाउदै लगेपछि टि्वटरलाई पनि १ सय ४० क्यारेक्टरमा सक्नुपर्ने स्ट्याटसलाई बढाउन दवाव परिरहेको थियो । जसको कारण प्रयोगकर्ताहरू अन्य सोसल मिडिया तर्फ आकषिर्त हुन थालेका थिए भने टि्वटरले पनि प्रयोगकर्ताहरू गुमाउदै गएको थियो । आफ्नो लोकपि्रयता घट्दै गएपछि टि्वटरले केहि महिना अघि कुनै पनि लिंकलाई आफुले दिने १ सय ४० क्यारेटरमा काउन्ट नगर्ने बनायो । यसले टि्वटरका प्रयोगकर्ताहरू केही हौसिएका थिए ।

मंगलवार देखि टि्वटरले आफ्ना प्रयोगकर्ताहरुलाई थप खुशि दिन टि्वटरमा एटेच हुने भिडियो, फोटो र गिफ फाइलहरूलाई क्यारेक्टरमा काउन्ट गर्न छोडेको छ । यो वाहेक रिटि्वट गर्दा पनि आफ्नो भनाईहरू १ सय ४० क्यारेक्टरमै राख्न सक्ने छन् । जसको कारण प्रयोगकर्ताहरूले थप सुबिधा पाएको महसुस गरेका छन् ।

सन् २००६देखि प्रयोगमा आएको टि्वटरले आफ्नो प्रारम्भिक कालमा क्यारेक्टरको कुनै सिमा तोकेको थिएन । केही समय पछि एसएमएसको आकारमा १ सय ६० क्यारेक्टरमा आफ्नो स्टाटसलाई सिमित गर्यो । बेला बेलामा सुविधाहरू थप गर्दै लगेपनि ‘ह्वाट्स ह्यापेनिङ’लाई भने १ सय ४० क्यारेक्टरमा सिमित गरेको थियो । यदी प्रयोगकर्ताले कुनै लिंक, फोटोहरु एटेच गर्नु परेमा क्यारेक्टर भने घट्दै जान्थ्यो । समाजिक संजालको क्षेत्रमा फेसबुकको दबदवा बढी रहेको अवस्थामा फेसबुकले भने प्रयोगकर्तालाई असिमित क्यारेक्टरको स्ट्याटस, फोटो, भिडियो आदी राख्न सक्ने सुविधाहरू बढाउदै लगेको थियो ।

टि्वटरका अनुसार अहिले उनीहरूको सक्रिय प्रयोगकर्ताहरूको संख्या ३१ करोड ३० लाख रहेका छन् । यो संख्या गत बर्षको तुलनामा ३ प्रतिशतले मात्र बृद्धि भएको हो । उता फेसबुकले आफ्ना प्रयोगकर्ताहरूको संख्या १ अर्ब ७० करोड रहेको बताएको छ भने इन्स्टाग्राम खरिद गरेपछि उसको प्रयोगकर्ताहरू ५० करोड थपिएका छन् ।


क्लिकमान्डु