अब महिला बिनै पनि बच्चा जन्माउन सकिने! मुसामाथिको परीक्षण सफल



mouse_01
वैज्ञानिकहरूले महिलाको अण्डा विना पनि बच्चा जन्माउन सकिने प्रविधिको नजिक आफूहरू पुगेको दावा गरेका छन् ।

बेलायतको बाथ युनिभर्सिटीका वैज्ञानिकहरूले मुसामा उक्त परीक्षण गर्दा सफलता मिलेको कुरा नेचर कम्युनिकेसन जर्नलमा प्रकाशित गरेका छन् ।
शुक्रकीट र कोसिकाको सहयोगमा भएको यो सफलताले गर्दा भविष्यमा महिला विना पनि पुरुषले सन्तान लाभ गर्ने सम्भावना देखाएको उनीहरूले दावा गरेका छन् ।

पूर्ण रुपमा विकास नभएको अण्डालाई रासायनिक प्रकृया मार्फत उनीहरूले भ्रूण बनाएका थिए । उक्त नक्कली भ्रूणको कोसिकाहरू अरू कोसिकाहरूसंग मेल खाने किसिमको रहेको थियो । उक्त कोसिकाहरूलाई उनीहरूकै डीएनएले नियन्त्रण समेत गर्थ्यो ।

वैज्ञानिकहरूले उक्त नक्कली भ्रूणमा मुसाको शुक्रकीट मिसाएर बच्चा निकाल्न सफल भए । यो सफलताले गर्दा वैज्ञानिकहरूले मानिसमा पनि यो सफलता पाउन सकिने आशा राखेका छन् ।

अनुसन्धान दलका वैज्ञानिक डाक्टर टोनी पेरीका अनुसार आगामी दुई सय बर्ष पछि विज्ञानको क्षेत्रले पाउने यो सफलता अहिले प्राप्त भएको छ । टोनीका अनुसार महिलाको अण्डा र पुरुषको शुक्रकीट मिल्दा अण्डाले कसरी शुक्रकीटलाई समाहित गर्न सक्छन् भन्ने कुरा जान्नु यो अनुसन्धानको मुख्य उद्देश्य थियो । जसरी अण्डाले शुक्रकीटलाई आफूमा समाहित गरेर नयाँ भ्रूणको बिकास कसरी गर्छ ? यो कुरा कसरी हुन्छ ? भन्ने कुरा वैज्ञानिकहरूले बुझेका छैनन् ।

टोनिका अनुसार मुसामा पाइएको यो सफलताले भविष्यमा पुरुष–पुरुष मिलेर उनीहरूको कोसिकावाट शुक्रकीटको गुण र अण्डाको गुण निकालेर बच्चा जन्माउन सकिन्छ । अझ यो अनुसन्धानले एउटै पुरुषको शरीरको कोसिकावाट शुक्रकीट र अण्डाको गुण झिकेर बच्चा पाउन सकिने सम्भावना समेत देखाएको दावा गरेका छन् ।
स्रोत: बिबिसी न्यूज


क्लिकमान्डु