अब किताब नखोलिकनै पढ्न मिल्ने!



book

प्रविधिले अनौठा सुविधाको विकास गरेको छ । अब पुस्तक पढ्नलाई पाना पल्टाउनै नपर्ने भएको छ ।

अमेरिकाको म्यासेच्युसेट इन्टिच्युट अफ टेक्नोलिजी हालै विकास गरेको इमेजिङ प्रविधीले बन्द पुस्तकबाटै त्यसभित्रका प्रत्येक पेजमा रहेको सामाग्री स्क्यान गर्ने सकिने भएको छ । वैज्ञानिकहरूले एक विशेष खालको क्यामेरा विकास गरेका छन् जुनमा तेराहर्ज रेडियसनको प्रयोग मार्फत सिंगो किताबको पन्ना पन्ना स्क्यान गर्न मिल्छ ।

तेराहर्ज एउटा बिद्दुतिय रेडिएसन हो जुन माइक्रोवेभ र इन्फ्रारेडको बीचमा रहन्छ ।

अहिले यो क्यामेराले एक पटकमा २० बटा पृष्ठसम्म स्कान गर्न सक्छ । यसको क्षमता बृद्दी भएपछि संसारभरका अर्बौं पुस्तकहरूको डिजिटलाइजेसन गर्न ठूलो सहयोग मिल्ने छ । खास गरी पुस्तकालय क्षेत्रले यसलाई निकै रूचिका साथ हेरेको छ ।

भिडियो हेर्नुहोस्:


क्लिकमान्डु