इन्टरनेट र टीभी ‘कम्बो’ प्रति आकर्षण बढ्यो, चाडबाडलाई शुल्क घट्यो



iptv_camping

काठमाडौं । नजिकिदो चाडपर्वको अवसर पारेर इन्टरनेट सेवा प्रदायकहरूले टीभि प्याकेज सहित इन्टरनेटको शुल्क समेत घटाएका छन् ।  सुबिसु, ब्रोडलिंक, भायनेट, वल्र्डलिंक, वेवसर्फरले केबल टेलिभिजन मार्फत् इन्टरनेट घट्दो मुल्यमा बिक्रि गर्न थालेका हुन् ।

क्यान कमटेकको अवसर पारेर नेपालका विभिन्न इन्टरनेट सेवा प्रदायकहरूले आफ्ना उपभोक्ताहरुलाई आकर्षित गर्न ल्याए अफरहरू दसैं र तिहारसम्म लम्बिने देखिएको छ ।

केही बर्ष अघि देखि केबलवाट इन्टरनेट र टेलिभिजन सेवा संचालन गर्दै सुबिसु केबल नेटले क्लियर टिभी सेवालाई बढी जोड दिदैं मेलामार्फत सेटअप बक्स र वायरलेस केबल मोडेम सित्तैमा दिने योजना ल्याएको छ । यो वाहेक सुविसुले २ हजार ९ सय ९९ रुपैयाँदेखिका विभिन्न प्याकेजमा इन्टरनेट बिक्रि समेत थालेको छ ।

इन्टरनेट सेवा प्रदायकहरूले मेलामा इन्टरनेट प्रोटोकल -आईपी) टीभी मार्फत् इन्टरनेटको बिक्रि बढाउने रणनीतिलाई प्रस्तुत गरे भने उपभोक्ताहरूले पनि ईन्टरनेट र टेलिभिजन एउटै केबुलवाट हेर्ने चाहना ब्यक्त गरे । यस्तोमा बल्र्डलिंकले अप्टिकल फाइबर मार्फत् आईपीटीभी समेत जोडेर नयाँ प्याकेज सार्वजनिक गरेको छ ।

बल्र्डलिंकले ल्याएको सबैभन्दा सस्तो प्याकेजमा ७ हजार ९ सय ९९ रूपैंयामा उपभोक्ताले २ महिना ५ मेगाबिट प्रति सेकेण्डको गतिमा १ सय २० गिगाबाइट डाटा चलाउन पाउनेछन् भने यो प्याकेजमा उपभोक्ताले ३० वटा फुल एचडी च्यानल सहित १ सय भन्दा बढी च्यानल हेर्न पाउनेछन् । बल्र्डलिंकले आफ्नो अफरमा सेटअप बक्स, फाइबर राउटरका साथ वाइफाई, इन्स्टलेसन चार्जर्, वायर चार्ज निःशुल्क समेत उपलब्ध गराउने घोषणा गरेको छ ।

वेवसर्फरले टीभीनेट प्याकेज ल्याएको छ । एउटै केबलवाट इन्टरनेट चलाउन र टेलिभिजन हेर्न मिल्ने छ । वेवसर्फरले ल्याएको सबैभन्दा सस्तो प्याकेज १ हजार ४ सय ७० रूपैंयामा ७ सय ६८ किलोबिट्स प्रतिसेकेण्डमा इन्टरनेट चलाउन र केबल टेलिभिजन हेर्न पाउनेछन् ।

आईपीटीभीलाई हालै ल्याएको भायनेटले पनि विभिन्न अफरहरू ल्याएको छ । नेटले १ सय १६ वटा च्यानलहरू हेर्न मिल्ने १ हजार ३ सय रूपैंया देखिको प्याकेज ल्याएको छ । नेटको स्किम अनुसार केही प्याकेजहरू जडान, एक महिना निशुल्क समेत दिने जनाएको छ ।

नेपालको पहिलो आईपिटीभी सर्भिस भित्र्याउने ब्रोडलिंकले इन्टरनेट र भ्वाइस कलमा समेत छुट ल्याएको छ । ब्रोडलिंकले तिन किसिमको प्याकेज ल्याएको छ । जसमा १ एमबिपिएसको १ रुपैंया, ३ एमविपिएसको ३ रुपैंया र ५ एमबिपिएसको ५ रुपैंया राखेको छ ।


क्लिकमान्डु