सुरु भयो ४ दिने सूचना प्रविधि मेला



com_tech काठमाडौं । ४ दिने सूचना प्रविधि मेला ‘सुविसु क्यान कमटेक’ बिहीबारदेखि राजधानीमा सुरु भएको छ । क्यान महासंघको आयोजनामा भृकुटीमन्डपस्थित प्रदशनी केन्द्रमा सुरू भएको मेलाको औपचारिक उद्‍घाटन सञ्चार मन्त्री राम कार्कीले गरे ।

के के छन् मेलामा?

आधा दर्जन कप्पनीले बिभिन्न सेकुरिटी डिभाइसहरूलाई प्रदर्शनीमा राखेका छन् । सिसी टिभी क्यामेरा, डिजिटल एटेन्डेन्स मेसिन, सेकुरिटी स्कानर जस्ता सुरक्षा प्रविधिको मेलामा हाबी छ ।

नेपाल टेलिकमले ५० रूपैयाँमा प्रिपेड सीमको अफर ल्याएको छ । सुविसु र वल्डलिंक र वेबसफर जस्ता इन्टरनेट सेवा प्रदायकले केही छुटका अफर ल्याएका छन् ।

ब्याट्री, इन्भरटर र सोलार सम्बन्धी केही नयाँ प्रडक्टहरू प्रर्दशनीमा राखिएका छन् ।

मोबाइल कम्पपनीहरूको उपस्थिती भने पातलो छ । सामसुङले आफ्नो पछिल्लो नोट सेरिज ‘नोट ७’ प्रदशनी गर्ने आशा गरिए पनि थोरै छनौटमा सीमित भएको छ ।

एन्टी भाइरस, हेल्थ केयर, फिटनेस र केही घरेलु उपकरणहरूको मेलामा आकर्षण छ । क्यान महासंघले करिब डेढ लाखले मेला हेर्ने अपेक्षा राखेको छ ।

com_tech_2com_tech_1

com_tech_3

com_tech_4 com_tech5

 


क्लिकमान्डु