मनोज गजुरेल भन्छन्: ब्यालेन्स जोगाउन यसो गर्नुस्!



manoj_gajurel1बैंकमा ब्यालेन्स होस् नहोस्, मोबाईलमा ब्यालेन्स हुनु जरुरी छ । ब्यालेन्स हुनासाथ डाटा चलाएर, कल गरेर सिध्याई हाल्ने बानीले कैलेकाहीं ज्यादै आपत् पार्छ । बिरामी हुँदा, दुर्घटना पर्दा, चोर पस्दा, डाका घुस्दा मोबाईलको ठूलो महत्व हुन्छ । त्यसैले मोबाईलमा ब्यालेन्स जोगाउने कही गजुरीयल काईदाहरु यहाँ प्रस्तुत गरिन्छ ।

१.मोबाईलमा गरिने कुराकानीलाई कुलोजस्तो नघुमाउने, सियोजस्तो सोझो र छोट्टो बनाउने ।

२. प्रेमि/प्रेमिकासंग बिगतको कथा र भविश्यको ब्यथा बल्झाउन नथाल्ने, तत्कालिन बिषयमा केन्द्रित रहने ।

३. पाहुना लाग्नासाथ सञ्चो बिसञ्चो सोध्न छोडेर वाईफाईको पासवर्ड मागीहाल्ने र च्याट मार्फन् हाल खबर सोध्ने ।

४. सकेसम्म मिसकल गर्ने । कल गर्नैपरे थोरै बोल्ने र कलब्याक गर्न आदेश दिने

५. छिमेकीसँग सुमधुर संबन्ध राख्ने जसको कारणले पत्नीलाई थाहा नदिईकन तपाईंलाई पासवर्ड दिन सकोस् ।

६. मोबाईल खल्तीमा राख्ने तर फोन घरमै छुटेछ भन्दै साथीसंग मोबाईल मागेर कल गर्ने बानीको बिकास गर्ने ।

 


क्लिकमान्डु