नेपाली युनिकोडमा सजिलै कसरी टाइप गर्ने?



कम्युटरमा नेपाली युनिकोड टाइप गर्ने दुइ थरी तरिका छन् । एउटा रोमनाइज्ड र अर्को चाँही ट्राडिस्नल ।

तपाईले पहिले देखि नै प्रिति, कान्तिपुर जस्ता फन्टमा टाइप गर्ने गर्नु भएको छ भने ट्याडिस्नल युनिकोड सजिलो हुन्छ । यसमा प्रयोग हुने किबोर्डका ‘कि’ अधिकाशं पुराना फन्टसँग मिल्छन् । तर, अहिलेसम्म नेपाली टाइपको बानी पार्नु भएको छैन भने रोमनाइज्ड युनिकोड रोज्नुस्, सजिलो हुन्छ ।

रोमनाज्डमा टाइप गर्दा रोमन अक्षरसँग धेरै मिल्ने हुन्छ । किबोर्डमा ram टाइप गर्नु भयो भने नेपालीमा ‘राम’ हुन्छ । सबै शब्द ठ्याक्यै रोमनमा भने मिल्दैनन् । जस्तो कि k  मा क हुन्छ । तर, kha ख हुँदैन  । ख को लागि Shift+k  गर्नु पर्छ ।

keyboardlayout-romanized

रोमनाइज्ड युनिकोड  विन्डोज १० भएको कम्प्युटरमा कम्युटरमा कसरी इन्टल गर्ने? यो भिडियो हेर्नुहोस्:


क्लिकमान्डु