मैलुङ खोला जलविद्युतको आइपीओ आजदेखि, कति भर्ने आवेदन
काठमाडौं । मैलुङ खोला जलविद्युत् कम्पनीले आजदेखि सर्वसाधारणका लागि आइपीओ निष्कासन गरेको छ । कम्पनीले ७ लाख ३६ हजार २८६ कित्ता आईपीओ निष्कासन गरेको हो । प्रतिकित्ता एक सय रुपैयाँ अङ्कित कुल ७ करोड ३६ लाख २८ हजार ६०० रुपैयाँ बराबरको ७ लाख ३६ हजार २८६ कित्ता आइपिओ निष्कासनको लागि असार २३ गते धितोपत्र बोर्डबाट अनुमति पाएको थियो । जसमध्ये १४ हजार ७२६ कित्ता कर्मचारी र ३६ हजार ८१४ कित्ता सामूहिक लगानी कोषको लागि छुट्ट्याइएको छ । त्यसबाट बाँकी ६ लाख८४ हजार ७४६ कित्ता आईपीओमा सर्वसाधारणले आवेदन दिन पाउने छन् । कम्पनीको आइपीओमा न्यूनतम १० कित्ता र बढीमा १ लाख कित्तासम्म आवेदन दिन पाइनेछ । साथै आइपीओ निष्कासन छिटोमा साउन १८ गते बन्द हुनेछ ।