अग्नि ग्रुपद्वारा चितवनमा महिन्द्रा ट्रयाक्टरको नयाँ शोरूम उद्घाटन



काठमाडौं । नेपालका लागि महिन्द्रा युटिलिटी सवारी साधन र ट्रयाक्टरको एकमात्र अधिकृत वितरक अग्नि ग्रुपले चितवनको मिलनचोकमा नयाँ शाखा उद्घाटन गरेको छ । कम्पनीले महिन्द्रा ट्रयाक्टरको नयाँ बिक्री, सेवा र स्पेयर पार्ट्सयुक्त शोरूम उद्घाटन गरेको हो ।

महिन्द्रा ट्रयाक्टरका विभिन्न मोडलसहितका बिक्री, सेवा र स्पेयर पार्ट्सयुक्त यो नयाँ बिक्री केन्द्रको अग्नि ग्रुपका कार्यकारी निर्देशक अर्जुनप्रसाद शर्मा, महिन्द्रा एण्ड महिन्द्रा नेपालका कन्ट्री मेनेजर आशीष जोशी, जिसस चितवनका सभापति कृष्णकुमार डल्लाकोटी र बतास ब्रदर्सका प्रबन्ध निर्देशक शान्ताराज बतासले शुक्रबार संयुक्त रूपमा उदघाटन गरेका हुन् ।

‘ग्राहकहरूकोे आवश्यकताअनुसार महिन्द्रा बिक्री केन्द्रहरूमा गुणस्तरीय सेवा प्रदान गर्न केन्द्रित छौं,’ अग्नि ग्रुपका कार्यकारी निर्देशक अर्जुन प्रसाद शर्माले भने ।

बतास ब्रदर्सका प्रबन्ध निर्देशक शान्तराज बतासले महिन्द्रा ट्रयाक्टर नयाँ शोरूमले महिन्द्राका २१५ डीआई युवराज, जिभो २४५ डीआई फोरडब्लूडी, नोभो अर्जुन ६०५ डीआई फोरडब्लूडी, ५७५ डीआई पीएस डीसी युभोजस्ता ट्राक्टरहरूका ग्राहकहरूलाई बिक्री, गुणस्तरीय सक्कली स्पेयरपार्टस् तथा सेवा प्रदान गर्ने बताए ।

उद्घाटनका अवसरमा कम्पनीले उपहार योजना पनि घोषणा गरेको छ । जसमा एलईडी स्मार्ट टिभी वा रोटाभेटरमा ५० प्रतिशत छुट बीचको विकल्प, ६ वर्ष वारेन्टी अवधि, ५ लाखको व्यक्तिगत दुर्घटना बीमाका साथै ५ जना ग्राहकका लागि ५ केभीए पावरोल डिजल जेनरेटरको बम्पर उपहार पनि समावेश गरिएको छ ।

चाडपर्वको मौसमलाई लक्षित गरी सञ्चालन गरिएको यो योजना शोरूम उद्घाटन गरिएको मितिदेखि मंसिर १४ गतेसम्मका लागि लागू हुनेछ ।


क्लिकमान्डु