पुँजी बजार नियोजितरुपमा घटाएको भन्दै गभर्नरको राजीनामा मागियो



काठमाडौं । सेयर बजार लगानीकर्ताहरुको समुहले राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीको माग गरेका छन् । नियोजितरुपमा सेयर बजारलाई घटाउने नीति लिएको भन्दै लगानीकर्ताहरुले गभर्नर अधिकारीको राजिनामा माग गरेका हुन् ।

लगानीकर्ता रामकृष्ण ढकालको संयोजत्वको पुँजी बजार सुधार संघर्ष समितिले सो माग गरेको हो । समितिले सार्वजनिक विज्ञाप्ती जारी गर्दै विभिन्न समयमा पुँजी बजारको अस्तित्व नै धरापमा पार्ने नीति कार्यक्रमहरु राष्ट्र बैंकले लिएको हुँदा समग्रग पुँजी बजार अघि बढ्न नसकेको भन्दै गभर्नरको यथाशिघ्र राजिनामाको माग गरको छ ।

सम्बन्धीत निकायले उक्त सार्वजनिक विज्ञाप्तीको वेवास्ता गरेमा सोमबार विरोध कार्यक्रम गरिने समितिका एक लगानीकर्ताले बताए ।

उनका अनुसार भोली बिहान ११ बजेदेखि देशैभरीका लगानीकर्ता भेलाभएर राष्ट्र बैंकको सेयर नीतिको विरोध गर्दै र्याली निकाल्ने कार्यक्रम तय भएको छ । र्यालीले वालुवाटार राष्ट्र बैंक केन्द्रिय कार्यालय पुगेर नाराबाजी सहित विरोध प्रदर्शन गर्नेछ ।

सम्बन्धीत निकाय र पदमा आसिन व्यक्तिहरुबाट प्रदर्शित हुने गैरजिम्मेवारीपनाले समग्र लगानीकर्ताको मनोभाव विपरित भएको भन्दै राष्ट्र बैंक लगायत अन्य निकायसँग समितिले १५ बुँदै माग राखेको छ । राष्ट्र बैंकका साथै अर्थमन्त्रालय, धितोपत्र बोर्ड र नेपाल स्टक एक्सचेञ्जलाई समेत पत्राचार गर्दै लगानीकर्ताहरुको समुहले विभिन्न माग राखेका छन् ।

उनीहरुले राष्ट्र बैंकले मार्जिन प्रकृतिको कर्जामा लगाएको ४/१२ करोड रुपैयाँको सीमाले पुँजी बजारको विकासमा बाधक बनेको भन्दै तुरुत्नै खारेज गर्न माग राखेका छन् ।

साथै, लघुवित्त कम्पनीहरुले २० प्रतिशतभन्दा माथिको बोनस सेयर वितरण गर्दा ५० प्रतिशत भन्दा माथिको रिजर्व राख्नुपर्ने व्यवस्था र असल कर्जाको प्रोभिजनको १.३ प्रतिशतको नयाँ व्यवस्था समेत खारेज गर्न माग गरेका छन् ।

यस्ता छन्, लगानीकर्ता समुहका १५ बुँदे माग


क्लिकमान्डु