बीओकेको कुशे औंसी र तीज लक्षित नगदफिर्ता योजना



काठमाडौं । बैंक अफ काठमाण्डूले कुशे औंसी र तीजको अवसरमा नयाँ योजना ल्याएको छ । बैंकले चाड पर्वलाई लक्षित गरी फुडमाण्डू, भोजडिल तथा खानपिनफुडमार्फत खाजा अर्डर डर्दा नगदफिर्ताको योजना ल्याएको हो ।

बैंकका ग्राहकले खाना तथा खाना अर्डर गरेपछि बैंकको मोबाइल बैंकिङ तथा कार्डको माध्यमबाट भुक्तानी गर्दा २५ प्रतिशत वा ५०० रुपैयाँसम्मको नगदफिर्ता पाउेछन् ।

ग्राहक महानुभावहरुले नगदफिर्ता योजनामा सहभागि हुनका लागि अनलाइन अर्डरपछि बिल भुक्तानी गर्दा बैंकको मोबाइल बैंकिङमार्फत् क्यूआर कोड स्क्यान गरी तथा बैंकको डेबिट तथा क्रेडिट कार्डमार्फत् कारोबार गर्नुपर्ने हुन्छ ।

यस नगदफिर्ता योजना भदौ २० गतेदेखि २४ गतेसम्म लागू हुनेछ ।

यस नगदफिर्ता योजनामा सहभागी पश्चात् प्रयोगकर्ताले कारोबार भएको मूल्यको २५ प्रतिशत वा ५०० रुपैयाँसम्मको नगदफिर्ता कारोबार भएको पछिल्लो दिन बैंकले सम्बन्धित बैंक खातामा जम्मा हुने बैंकको भनाइ छ ।

ग्राहक महानुभावहरुले यो सुविधा योजना अवधिभर हरेक दिनको एकपटक सम्म प्रयोग गर्न सक्नेछन् ।


क्लिकमान्डु