एनएमबि बैंक ‘ग्रीन डिल अफ द इयर २०२१’बाट सम्मानित



काठमाडौं । नएमबि बैंक सिङ्गापुरको एशियन बैंकिङ्ग एण्ड फाइनान्स पत्रिकाले पुरष्कृत गर्ने कर्पोरेट एण्ड ईन्भेष्टमेण्ट बैंकिङ अवार्ड श्रेणी अन्तर्गत ग्रीन डिल अफ द इयर २०२१’बाट सम्मानित भएको छ ।

अन्तर्राष्ट्रिय वित्त निगमसँग नेपालमा हरित कर्जा प्रवाहको क्षेत्रमा गरेको सम्झौताका आधारमा एनएमबि बैंकलाई एशियन बैंकिङ्ग एण्ड फाइनान्स पत्रिकाले नेपालकै दिगो बैंकिङको क्षेत्रमा अग्रणी बैंकको रुपमा सम्मान गरेको हो ।

अन्तर्राष्ट्रिय वित्त निगमसँग सम्झौता अन्तर्गत एनएमबि बैंकले आइएफसीद्वारा निर्देशित योग्यताको मापदण्डमा रहेको हरित योजनाहरुमा कर्जा प्रवाह गर्दछ । एनएमबि बैंकले ग्रीन डिल अन्तर्गतको अवार्ड दिगो बैंकिङ्ग र जलवायूमैत्री परियोजना र उद्यमशील गतिविधिहरु प्रति निरन्तर प्रतिबद्धता प्रस्तुत गरे बापत प्राप्त गरेको हो ।

एनएमबि बैंक हाल कार्वन अकाउन्टिङ फाइनान्सियलको समितिको एक सक्रिय सदस्य रहेको र २०१३ देखि ग्लोबल अलायन्स फर बैंकिङ अन भ्यालुजको सदस्यता प्राप्त वाणिज्य बैंक मध्येको एक मात्र बैंक रहेको छ ।

बैंंक डिजिटल सेवा प्रवाहलाई प्राथमिकता सहित कागजको प्रयोगलाई न्यूनिकरण गर्दै सो बाट पर्ने पर्यावरण्ीय प्रभावलाई घटाउनको लागी अग्रसर रहेको छ ।

‘एनएमबि बैंक वातावरणमैत्री लगानी र दिगो व्यापारिक सेवामा अग्रसर रहेको र यो सम्मानले बैंकलाई यस क्षेत्रमा अगाडि बढ्न थप प्रोत्साहन मिल्नेमा विश्वस्त छौं,’ एनएमबि बैंकका प्रमुख कार्यकारी अधिकृत सुनिल केसीले जानकारी दिए ।


क्लिकमान्डु