अजोड इन्सोरेन्सको नाफामा ३२.७८ प्रतिशतको वृद्धि



काठमाडौं । अजोड इन्सोरेन्सले ३२.७८ प्रतिशत नाफामा वृद्धि गरेको छ । गत आर्थिक वर्षको पहिलो त्रैमासमा ५८ लाख ७२ हजार रुपैयाँ नाफा कमाएको कम्पनीले उक्त नाफामा १९ लाख २५ हजार रुपैयाँले बढाउँदै चालु आर्थिक वर्षको सोहि अवधिमा ७७ लाख ९७ हजार रुपैयाँ नाफा आर्जन गर्न सफल भएको हो ।

कम्पनीले सार्वजनिक गरेको वित्तीय विवरण अनुसार असोज मसान्तसम्म २० करोड ६ लाख रुपैयाँ बीमा शुल्क संकलन गरि ५ करोड ३५ लाख रुपैयाँ दावी भुक्तानी गरेको छ । गत आर्थिक वर्षको सोहि अवधिमा कम्पनीको ४ करोड २९ लाख रुपैयाँ बीमा शुल्क आर्जन थियो । भने दावी भुक्तानी हुन बाकी रकम भने ४ करोड ११ लाख रुपैयाँ छ ।

यस्तै कम्पनीले २६ हजार ४४३ बीमा लेख जारी गरेको छ । हाल कम्पनीको चुक्ता पुँजी ७० करोड रुपैयाँ छ भने १ करोड ८२ लाख रुपैयाँ जगेडा कोषमा रहेको छ । असोज मसान्तसम्म कम्पनीको प्रतिसेयर आम्दानी १ रुपैयाँ ११ पैसा, प्रतिसेयर नेटवर्थ १०७ रुपैयाँ ८८ पैसा र प्रतिसेयर मुल्य १६० रुपैयाँ ९८ पैसा रहेको छ ।


क्लिकमान्डु