सेयर बजामा सामान्य गिरावट, कारोबार रकममा भने सुधार



काठमाडौं । सेयर बजारमा सामान्य गिरवाट आएपनि कारोबार रकममा भने सामान्य सुधार आउन थालेको छ ।

नेप्से मापन गर्ने सूचक ०.८१ अंकले घटेर परिसूचक ११३९.४५ बिन्दुमा रोकिएको छ । १६२ कम्पनीको १० लाख ५८ हजार ८९६ कित्ता सेयर २८ करोड ४४ लाख ७२ हजार ५०१ रुपैयाँमा किनबेच भएको छ ।

११ वटा समूको कारोबारमा बैंकिङ समूहको उपसूचक ०.४ अंकले बढेको छ भने उत्पादन तथा प्रशोधन १६.५२, माइक्रोफाइनान्स १ अंकले बढेको छ भने निर्जीबन २८.३३, जीवन बीमा समूहको उपसूचक १४.९६ अंकले घटेको छ ।

कारोबार रकमको आधारमा प्रभु बैंकको संस्थापक समूह अग्रस्थानमा रहेको छ । बैंकको ३ करोड ९४ लाख २३ हजार २४ रुपैयाँको सेयर कारोबार भएको छ । दोस्रो र तेस्रो स्थानमा साल्ट टे«डिङ कर्पोरेशन र प्रभु बैंक रहेका छन् ।

ग्लोबल आईएमई सम्मुनत स्किम-१, सिभिल लघुवित्त वित्तीय संस्था, नयाँ नेपाल लघुवित्त विकास बैंक, ग्लोबल आईएमई लघुवित्त वित्तीय संस्थाका लगानीकर्ताकाले कमाएका छन् भने सिनर्जी पावर डेभलपमेन्ट, दिव्यश्वरी हाईड्रोपावर, रिलायन्स फाइनान्स, नेशनल हाइड्रोपावरका लगानीकर्ताले गुमाएका छन् ।


क्लिकमान्डु