चन्द्रागिरी केबलकार बनाएकोमा चन्द्र ढकालको प्रशंसा, पर्यटक लोभ्याउन ५०० किलोमिटर केबलकार आवश्यक



काठमाडौं । व्यवसायी चन्द्र ढकालले चन्द्रागिरी केबलकार बनाएको प्रशंसा पाएका छन् ।

गैर आवासीय नेपाली संघ (एनआरएनए)को विश्वसम्मेलनमा अर्थमन्त्री डा युवराज खतिवडाले चन्द्रागिरी केबलकार बनाएको प्रशंसा गरेका छन् ।

अर्थमन्त्री खतिवडाले २० लाख पर्यटक भित्राउने योजना सरकारले बनाएको भन्दै पर्यटकका लागि आकर्षक गर्नका लागि ५०० किलोमिटर केबलकार आवश्यक भएको बताए ।

कार्यक्रममा उपस्थित रहेका नेपाल उद्योग वाणिज्य महासंघका उपाध्यक्ष समेत रहेका चन्द्र ढकालले एनआरएनको लगानीमा बनाएको उल्लेख गरे ।

उनले एनआरएनलाई सामूहिक लगानी गर्न आग्रह गरे । उनले आफूहरुले २७ मेगावाटको जलविद्युतको आयोजना पनि एनआरएनसँग साझेदारीमा निर्माण गरेको जानकारी दिए ।


क्लिकमान्डु