चिनियाँ राष्ट्रपति आउँदा साढे २ घन्टा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल बन्द हुने
काठमाडौं । चिनियाँ राष्ट्रपति सी चिनफिङ नेपाल आउँदा साढे २ घण्टा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल बन्द हुने भएको छ।
विमानस्थल कार्यालयले शनिबारका लागि सूचना जारी गर्दै दिउसो २ः५५ देखि ५ः२५ सम्मका लागि सबै व्यावासायिक उडान स्थगन गरिएको जानकारी दिएको छ ।
त्यसैगरी, चिनियाँ राष्ट्रपति फर्किंदा पनि बिहान ११ः२० देखि १ः५० सम्म विमानस्थल बन्द हुने बिमानस्थल कार्यालयले जनाएको छ ।