तपाईंको स्मार्ट फोन स्लो भयो ? यसरी अपडेट गर्नुस् एन्ड्रोइड भर्सन
काठमाडौं । तपाईंको मोवाइल पहिलाकोभन्दा स्लो भएको छ ? विभिन्न कारणले मोवाइल स्लो हुदाँ ह्याङ हुने समस्या धेरैले झेल्ने समस्या हो । यसरी मोवाइल स्लो हुनुमा एन्ड्रोइड भर्सन पुरानो हुनु र नयाँ अपडेट नगर्नु एउटा कारण हुनसक्छ ।
केहि क्लिकका भरमा समस्या समाधान हुन्छ तर कसरी गर्ने भन्ने आइडिया नहुँदा धेरैले अनावश्यक तनाब झेलिरहनुभएको हुनसक्छ ।
केही क्लिकमै समस्या समाधान हुने प्रक्रिया के हो त ? यो सबैको चासोको विषय हो ।
कसरी गर्ने त अपडेट ?
-मोवाइलमा भएको सेटिङ अप्सनमा जानुहोस् ।
-धेरैजसो एन्ड्रोइड मोवाइको माथि सर्च अप्सन हुन्छन् ।
-सर्च गर्नुहोस । यसले तपाइलाई सिस्टप अप्डेट अप्सन अर्थात् अपडेटसँग सम्वन्धित अप्सन देखाउँछ ।
-सिस्टम अपडेट अप्सनमा क्लिक गर्नुहोस् ।
-त्यसपछि चेक नाव वा चेक फर अपडेट्स अप्सन क्लिक गर्नुहोस् ।
-त्यसपछि यदि तपाईको मोवाइलमा पुरानो सिस्टम रहेछ भने नयाँ अपडेट गर्नका लागि डाउनलोड एण्ड इन्टल अप्सन क्लिक गर्नुहोस् ।
यसरी मोवाइलको सिस्टम अपडेट गरेपछि तपाईको मोवाइल पहिलाको भन्दा छिटो चल्न थाल्छ । मोवाइल उत्पादक कम्पनी अनुसार अपडेट गर्ने सिस्टम र शब्दमा केहि फरक हुनसक्छ ।