महासंघको अध्यक्षमा उठ्ने भाष्करराज राजकर्णिकारको घोषणा (भिडियाे)



काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघको विधान संशोधन भएपछि अध्यक्षमा उठ्ने पूर्व बरिष्ठ उपाध्यक्ष भाष्करराज राजकर्णिकारले घोषणा गरेका छन् ।

महासंघको विधान संशोधनको विषयमा प्रष्ट पार्न तीन उपाध्यक्ष सहित पूर्व बरिष्ठ उपाध्यक्ष राजकर्णिकारले बोलाएको पत्रकार सम्मेलनमा उनले महासंघमा प्रत्यक्ष निर्वाचित अध्यक्ष बनाउनुपर्ने र त्यसको लागि मन्चमा भएका सबै अध्यक्षमा उठ्न सक्षम रहेको बताए ।

‘महासंघको अध्यक्षमा उठ्नको लागि मन्चमा भएका व्यक्तिहरु तयार छन्, पूर्व उपाध्यक्षपनि तयार छन्,’राजकर्णिकारले भने ।

बरिष्ठ उपाध्यक्ष राजकर्णिकार प्रदिपजंग पाण्डेसँग अध्यक्षमा पराजित भएका थिए । पछिल्लो केही समय उनी चेम्बर अफ कमर्शमा सक्रिय थिए । त्यहा उनी उपाध्यक्ष बनेका थिए ।

हेर्नुहोस् राजकर्णिकारले दिएको मन्तव्य

राजकर्णिकारले सिधै अध्यक्षमा उठ्ने घोषणा नगरेपनि घुमाएर विधान संशोधनपछि हुने अध्यक्षको निर्वाचनमा आफु लड्ने घोषणा गरेका हुन् ।

उद्योग वाणिज्य महासंघको मौलिकता विशिष्ट रुपमा रहेको छ । साना,मझौला ठूला र सबैलाई समेटेको छ । सबै व्यापारका क्षेत्रलाई समेटेको छ । सरकारपछिको सबैभन्दा ठूलो संरचना रहेको छ ।

यो भन्दा अगाडि विधान संशोधनको बेला मैले के भनेको थिए भने महासंघको मौलिकता अध्यक्षात्मक प्रणालीबाट चलेको थियो । त्यो बेला मैले मेरो अधिकार बन्द भयो भनेको थियो ।

शसक्त रुपमा अध्यक्ष राष्ट्रव्यापी रुपमा छानेको हुनुपर्छ । हाम्रो अध्यक्ष प्रत्यक्ष रुपमा चुनिनुपर्छ । त्यो बेला मेरो स्वार्थ बाझिएको थियो । म उठ्ने भनेर धेरैले अर्थ लगाउनुपर्छ । महासंघको विधान प्रत्यक्ष अध्यक्ष रुपमा चुनिनुपर्छ । हाम्रो साधारणसभाले विधानलाई परिमार्जनलाई परिमार्जन । २५ वटा विषयहरु छन् । मुल विषय भनेको निजी क्षेत्रको नेतृत्व कसरी छान्ने हो । राष्ट्रव्यापी रुपमा छान्ने हो स्वत छान्ने हो ।

यो ऐजेण्डा मान्नेहरु यो हलमा छन् । को व्यक्तिलाई न्याय भयो र कसलाई अन्याय भयो भन्ने होइन । संस्थाको कुरा ठूलो हो । न्याय र अन्याय भन्ने ठूलो होइन । बरिष्ठ उपाध्यक्ष स्वत अध्यक्ष नबन्दा महासंघ कमजोर भयो । उद्योग वाणिज्य महासंघलाई आर्थिक परामर्शदाताको रुपमा हेरेको छ कि छैन । निजी क्षेत्रको भूमिका के हुने हो । भोलि आउने निजी लगानीलाई सुरक्षित छ कि छैन प्रश्न त्यो हो । निजी क्षेत्रमैत्री छ कि छैन प्रश्न त्यो हो ? आज सरकारले निजी क्षेत्रलाई सरकारले कसरी हेरेको छ । अब आउने नेतृत्व प्रत्यक्ष चुनिएको हुनुपर्छ । त्यो व्यक्ति खारिएको हुनुपर्छ । भोलि को अध्यक्ष बन्छ त्यो महत्वपूर्ण कुरा हो । परिवर्तित विधानले जो पनि अध्यक्ष बन्न सक्छन् । पूर्व बरिष्ठ उपाध्यक्ष पनि बन्न सक्छ् । कात्तिक २९ गते हाम्रो विशेष साधारणसभा हुँदैछ ।

प्रत्यक्ष निर्वाचन महत्वपूर्ण हो । पूर्व अध्यक्षहरुले विज्ञप्ती जारी गर्नुभयो । पूर्व अध्यक्षहरुको सैद्दान्तिक विचलन भयो । जुन बेला मपनि सँगै थिए । महासंघको निर्वाचनमा प्रत्यक्ष अध्यक्ष चुनिनुपर्छ भन्नु भएको छ । एक नम्बर बुँदामा प्रत्यक्ष निर्वाचनको अवधारणामा बोलिएको छ ।


क्लिकमान्डु