मकवानपुर जिल्ला प्रशासनमा प्रभु बैंंकको एक्स्टेन्सन काउण्टर खुल्यो
काठमाडौं । प्रभु बैंकले मकवानपुर जिल्लाको हेटौडा उप–महानगरपालिकास्थित जिल्ला प्रशासन कार्यलयमा एक्स्टेन्सन काउण्टर सञ्चालनमा ल्याएको छ ।
हेटौडास्थित जिल्ला प्रशासन कार्यलयमा स्थापित एक्स्टेन्सन काउण्टरको जिल्ला प्रशासन कार्यलय मकवानपुरका प्रमुख जिल्ला अधिकारी प्रेमराज जोशीले गरेका छन् ।
जिल्ला प्रशासन कार्यलयमा आउने सेवाग्राहीहरुले अब विना झण्झट प्रभु बैंकको एक्स्टेन्सन काउण्टरमा रकम जम्मा गरी सरल र सहज रुपमा काम गर्न सक्नेछन् ।
प्रभु बैंकले १९५ वटा शाखा कार्यालय, १५२ वटा एटिएम तथा ३५ वटा एक्स्टेन्सन काउण्टरहरुमार्पmत् अत्याधुनिक प्रविधियुक्त गुणस्तरीय बैंकिङ्ग सेवा प्रवाह गर्दै आएको छ ।