मुक्तिनाथ विकास बैंकले सार्वजनिक गर्यो नयाँ ब्याजदर, केमा कति ?
काठमाडौं । मुक्तिनाथ विकास बैंकले नयाँ ब्याजदर सार्वजनिक गरेको छ । बैंकले सार्वजनिक गरेको नयाँ ब्याजदर अनुसार मुद्दति निक्षेपमा १० प्रतिशतसम्म ब्याज रहेको छ । यस्तै साधारण बचतमा न्यूनतम १.५० देखि ७ प्रतिशतसम्म ब्याज रहेको छ ।
बैंकले अहिले विभिन्न २३ वटा बचत खाता सञ्चालनमा ल्याएको छ । यस्तै बैंकले ऋणको ब्याजदर पनि सार्वजनिक गरेको छ । भदौ मसान्तसम्ममा बैंकको आधारमूल्य ११.३२ प्रतिशत रहेको छ । बैंकबाट ऋण लिँदा सबै भन्दा बढी ब्याज १७.३२ प्रतिशत रहेको छ ।
बैंकबाट होम लोन, हायरपर्चेज लोन लिन चाहनेले १७.३२ प्रतिशत ब्याज तिर्नुपर्ने छ । यस्तै अटो लोन लिनु परेमा १६.३२, सेयर धितोकर्जा राखेर ऋण लिनको लागि १६.३२ प्रतिशत ब्याज लाग्ने छ ।