राष्ट्र बैंकले दियो यी संस्थालाई मर्जर र प्राप्तीको अनुमति
काठमाडौं । नेपाल राष्ट्र बैंकले विभिन्न बैंक तथा वित्तीय संस्थाको मर्जर तथा एक्विजेशनको अनुमति दिएको छ ।
राष्ट्र बैंकको संचालक समितिको बैठकले शाइन रेसुंगा डेभलपमेन्ट बैंकमा भार्गव विकास बैंकलाई एक्वाएर गर्नको लागि अन्तिम स्विकृति दिएको हो । शाइन रेसुंगाले पूर्णिमा विकास बैंक र भार्गव विकास बैंकलाई एक्वाएर गरेर राष्ट्रिय स्तरको विकास बैंक बन्ने छ ।
यस्तै राष्ट्र बैंकको संचालक समितिको बैठकले उन्नती माइक्रो फाइनान्स र सहकार्य लघुवित्तको मर्जरलाई पनि सैद्दान्तिक सहमति दिएको छ ।