यस्ता छन् ‘रिलायबल समुन्नति’ जीवन बीमा योजनाका विशेषता

889
Shares


काठमाडौं । रिलायबल नेपाल लाइफ इन्स्योरेन्सले आवधिक धनफिर्ता योजना “रिलायबल समुन्नति जीवन बीमा योजना” ल्याएको छ ।

यस योजना अन्तर्गत बीमितको ईच्छा अनुसार बार्षिक अथवा प्रत्येक चार बर्षमा बीमाङ्कको तोकिएको प्रतिशतले हुने अग्रिम भुक्तानी रकम प्राप्त गर्नेछन । यदि बीमा समाप्ति हुने मिति अगावै बीमितको मृत्यु भएमा अग्रिम बीमाङ्क भुक्तानी रकम कट्टा नगरि पुरा बीमाङ्क र नियमानुसारको बोनस बराबर रकम भुक्तानी दिने कम्पनीले जनाएको छ ।

बीमा अवधि समाप्ति मितिसम्म बीमित जीवित रहेमा बांकी बीमाङ्क (यदि भएमा) र नियमानुसारको बोनस रकम बीमितले भुक्तानी पाउनेछन । यस योजनामा पाँच वटा ऐच्छिक सुबिधाहरु– क) बीमाशुल्क छुट सुबिधा, ख) स्थाइ पुर्ण अशक्तता सुबिधा, ग) दुर्घटना मृत्युलाभ, घ) घातक रोग सुबिधा तथा ङ) अस्पताल नगद सुबिधा समेत थप गरि लिन सकिनेछ ।

यस योजनाका साथ साथै कम्पनीले म्यादी, सावधिक र आजीवन बीमा अन्तर्गत विभिन्न आकर्षक योजनाहरु प्रचलनमा ल्याई सकेको छ ।