एनआईसी एशियाका ग्राहकले सेल्सबेरी र सेलवेजमा १५% छुुट पाउने
काठमाडौं । एनआईसी एशिया बैंक र सेलवेज क्यास एण्ड क्यारी प्रा. लि अन्तर्गतका सेल्सबेरी र सेलवेज डिपार्टमेन्ट स्टोरबीच एनआईसी एशिया बैंकको मोबाइल बैंक एप प्रयोग गरी क्वीआर मार्फत् सामान खरिद गर्दा १५% वा अधिकतम रु. ५०० सम्म छुट दिने सम्झौता भएको छ ।
यो अफर सेल्सबेरी डिपार्टमेन्टल स्टोरको सबै आउटलेटहरुमा र सेलवेज डिपार्टमेन्टल स्टोरको पोखरा आउटलेटमा लागू हुने छ । सो सम्झौतापत्रमा बैंकको तर्फबाट बैंकका सहायक प्रमुख कार्यकारी अधिकृत सन्तोष कुमार राठी र सेलवेज क्यास एण्ड क्यारीको तर्फबाट कम्पनीका प्रमुख वित्त अधिकृत सन्दिप प्रधानाङ्गले हस्ताक्षर गरेका छन् ।
आश्विन पहिलो हप्तादेखि छठ पर्वसम्म लागू हुने यो योजनाबाट ग्राहकले चाडपर्वको समयमा अधिकतम लाभ लिने विश्वास बैंकले लिएको छ ।