जनता बैंकले १२ प्रतिशत लाभांश दिएपछि ग्लोबल आइएमई बैंकबाट कति लाभांश आउला ?



काठमाडौं । ग्लोबल आइएमई बैंक र जनता बैंक एक आपसमा मर्जरमा जाने निर्णय गरिसकेका छन् । गत आर्थिक वर्षको नाफाबाट जनता बैंकले ६ प्रतिशत बोनस सेयर तथा ६ प्रतिशत नगद लाभांश दिने प्रस्ताव गरेको छ ।

ग्लोबल आइएमई बैंकले भने अहिलेसम्म गत आर्थिक वर्षको नाफाबाट लाभांश घोषणा गरेको छैन । राष्ट्र बैंकमा वित्तीय विवरण स्वीकृतिको क्रममा रहेको हुँदा लाभांश घोषणा गरेको छैन । दशैं अगाडि नै ग्लोबल आइएमई बैंकले गत आर्थिक वर्षको नाफाबाट लाभांश घोषणा गर्ने सम्भावना रहेको छ ।

१० अर्ब ३१ करोड रुपैयाँ चुक्ता पूँजी रहेको ग्लोबल आइएमई बैंकले गत आर्थिक वर्षमा सेयरधनीलाई बाड्न मिल्ने नाफा २ अर्ब ४२ करोड रुपैयाँ गरेको थियो । आधारमा बैंकले सेयरधनीलाई करिब २४ प्रतिशत लाभांश बाड्न सक्छ । ग्लोबलमा हाथवे फाइनान्स समेत गाभिएको हुँदा यसको नाफापनि ग्लोबलमा जोडिएर आउछ । त्यो हुँदा नाफा अझै बढ्ने हुन्छ ।

मर्जरको सम्झौता गरेपछि ग्लोबल आइएमई बैंक र जनता बैंकको भने सेयर कारोबार रोक्का छ । २४ प्रतिशत नै बोनस सेयर घोषणा गर्ने सम्भावना रहेको छ ।

जनता बैंकले ६ प्रतिशत बोनस सेयर दिएपछि ८ अर्ब ४८ करोड रुपैयाँ हुन्छ । स्वाप रेसियो मिलाउनको लागि ग्लोबलले १० प्रतिशत बोनस सेयर दिने सम्भावना बढी रहेको छ ।


क्लिकमान्डु