अर्थमन्त्रीको बोलीले पनि बढ्न सकेन सेयर बजार, बोली होइन नीति नै चाहियो



काठमाडौं । अर्थमन्त्री डा युवराज खतिवडाले सेयर बजारको बारेमा गतसाता दिएको सकारात्मक अभिव्यक्तिले दुई दिन बढेको नेप्से परिसूचक टिक्न भने सकेन । साताको पहिलो दिन आइतबार नेप्से परिसूचक १६.०५ अंकले ओरालो लागेको छ । नेप्से परिसूचक आइतबारको कारोबारबाट ११३९.२५ बिन्दुमा आएको छ ।

अर्थमन्त्रीले बजारलाई हुने सकारात्मक सन्देश दिएपनि बैंकिङ क्षेत्रमा देखिएको तरलता अभाव तथा लगानीकर्ताको मनोबल बढ्न नसक्दा सेयर बजार बढ्न नसकेको हो ।
आइतबार कारोबार भएका अन्य बाहेक सबै समुहका परिसूचक ओरालो लागेको छ ।

कारोबार पनि २२ करोड रुपैयाँको मात्र भएको छ ।

कारोबार रकमको आधारमा शिवम सिमेन्ट १ करोड ८० लाख रुपैयाँको आधारमा सबैभन्दा अगाडि रहेको छ । सबैभन्दा बढी कमाउनेमा बेस्ट फाइनान्सका लगानीकर्ता रहेका छन् भने गुमाउनेमा रिलायन्स फाइनान्सका लगानीकर्ता रहेका छन् ।


क्लिकमान्डु