वायुसेवा कम्पनीले हवाई टिकटमा १० प्रतिशत छुट दिने



काठमाडौं । वायुसेवा कम्पनीले दशैं र तिहार छठको अवसरमा जहाजको टिकट खरिदमा १० प्रतिशत छुट दिने योजना सार्वजनिक गरेका छन् ।

नेपाल वायुसेवा संचालक संघको बैठकले यात्रुले वायुसेवा कम्पनीको काउन्टरबाट टिकट खरिद गरेमा एयरपोर्ट ट्याक्स र हवाई इन्धन बाहेकको मूल्यमा १० प्रतिशत छुट दिने जनाएको छ ।

संघले जारी गरेको विज्ञप्तीमा यो योजना असोज १२ देखि कात्तिक १७ सम्म लागु हुने छ ।

दशैंको लागि भने सस्तो टिकट भने सकिएको छ ।


क्लिकमान्डु