जीवन बीमा गर्नेलाई खुसीको खबर, अब बोनस बढ्ने



काठमाडौं । बीमा समितिले जीवन बीमा गर्ने बीमकको बीमाङ्कीय मूल्याङ्कन सम्बन्धि नयाँ निर्देशिका जारी गरेको छ ।

निर्देशिकामा भएको व्यवस्था अनुसार अब जीवन बीमा गर्ने बीमितहरुको बोनस बढने भएको छ । बिमाङ्कीको मूल्याङ्कन प्रतिवेदन बमोजिम जीवन बीमा व्यवसायमा भएको बचत (कर्मचारीलाई बोनस छुट्टयाउनु अगाडि) को घटिमा ९० प्रतिशत बीमालेख कोषमा सार्नुपर्ने व्यवस्था गरेको छ । यो व्यवस्था सँगै बीमितले बापाउने बोनस बढने भएको हो ।

समितिमा पेश हुन आएको बीमाङ्कीको प्रतिवेदनको आधारमा आवश्यक परेमा समितिले सेयरधनी कोषबाट बीमालेख लिनेको कोषमा रकम सार्न तथा अन्य आवश्यक निर्देशन दिन सक्ने जनाएको पनि व्यवस्था गरेको छ ।

यस्तै निर्देशिकमा भएको व्यवस्था अनुसार बीमा कोषमा सारिएको रकम सेयरधनी कोषमा फिर्ता ल्याउन नपाइने व्यवस्था गरेको छ । बीमा समितिबाट अर्को मुनाफादर स्वीकृत नभएसम्म उपदफा १ बमोजिम बीमकले बीमालेख लिनेलाई प्रदान गर्ने मुनाफा दरलाई नै अन्तरिम मुनाफा दर कायम गर्नुपर्ने जनाएको छ ।

नयाँ निर्देशिकाले प्रत्येक आर्थिक वषए समाप्त भएको ५ महिनाभित्र बीमाङ्कीको प्रतिवेदन पेश गर्न पनि भनेको छ । यस्तै बीमाङ्कीय मूल्याङकन गर्दा वास्तविक बचत वा ६ प्रतिशत ब्याजदर मध्ये जुन कम हुन्छ सोहि दरमा गर्नुपर्ने व्यवस्था गरेको छ ।


क्लिकमान्डु