बैंक तथा वित्तीय संस्थालाई कर्मचारी नियुक्ती प्रक्रियामा कडाई, कर्मचारीले पाउने ऋण सुविधा बढ्यो



काठमाडौं । नेपाल राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थामा मनपरी ढंगले गर्ने कर्मचारी नियुक्ती प्रक्रियामा कडाई गरेको छ ।

राष्ट्र बैंकले एकीकृत निर्देशिका जारी गर्दै बैंक तथा वित्तीय संस्थाले उत्कृष्ट कर्मचारी छनोट गर्दा ट्यालेन्ट हन्ट प्रक्रियाबाट कर्मचारी नियुक्त गर्दा निष्पक्षता र पारदर्शीता तरिकाबाट गर्नको लागि अलग्गै कार्यविधी बनाउनु पर्ने व्यवस्था गरेको छ ।

बैैंक तथा वित्तीय संस्थामा उत्कृष्ट कर्मचारी छनोट गर्दा पारदर्शी तरिकाले नहुँने गरेको गुनासो आउने गरेको छ ।

यस्तै राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थाले आफ्ना कर्मचारीलाई दिने कर्जामा सहुलियत दिएको छ । ६० प्रतिशतसम्म जोखिम कर्जामा राख्ने गरेमो त्यसलाई घटाएर ५० प्रतिशत झारेको छ । यसले ऋण लिनको लागि कर्मचारीलाई थप सहज हुने छ ।

यस्तै बैंकले गत आर्थिक वर्षको तलबभत्ताको न्यूनतम ३ प्रतिशत रकम तालिम तथा वृत्ति विकासमा खर्च गर्नुपर्ने छ ।


क्लिकमान्डु