सेयर बजारमा धेरै सुधारको काम भयोः अर्थमन्त्री खतिवडा



काठमाडौं । अर्थमन्त्री डा. युवराज खतिवडाले नेपालको सेयर बजारमा धेरै सुधारको काम भएको बताएका छन् ।

बुधबार राष्ट्रिय वाणिज्य बैंकको १४ वटा शाखा डिजिटल प्रविधिबाट उद्घाटन गर्दै मन्त्री खतिवडाले यस्तो बताएका हुन् । पुँजी बजारमा लाभरकको विषय, भिएटी सम्बन्धी विषयले पूर्णता पाएको मन्त्रीले जानकारी गराए ।

लगानीकर्तालाई अझै उत्साहित बनाउन बैंकहरुले खेल्ने भूमिका अझ प्रभाकावरी हुन आवश्यक रहेको मन्त्री खतिवडालेको तर्क छ । बैंकहरुको भूमिकाले त्यो बजारलाई गतिशिल बनाउने भएकोले बजारको गतिशिलतामा ध्यान दिन समेत आग्रह गरेका छन् । पछिल्ला केही वर्षमा सेयर निश्कासन कैयौं गुणा बढेको उनको तर्क छ ।

अहिले बैंकहरुको नाफामा सुधार भएको भन्दै त्यो नाफा सबैलाई स्वीकार्य हुनुपर्ने खालको बनाउन पनि आग्रह गरे । बैंकहरुले कमाउने नाफा सबैले स्वीकार्य हुने खालको बनाउन आग्रह गरे ।

लगानीकर्ताले बैंकले कति नाफा कमायो भनेर हेर्ने भन्दा पनि उसको पुँजी कति छ र त्यो पुँजी अनुसार उसले कति नाफा कमायो भनेर हेर्नु चाँही उपयुक्त हुने मन्त्री अतिवडाको तर्क छ ।


क्लिकमान्डु