निशुल्क अनलाइन वर्गिकृत विज्ञापन गरिदिने फिटकिरी अनलाइन सुरु




काठमाडौं । सेवाहरु डिजिटल रुपमा परिवर्तन भइरहंदा बजारको आवश्यक्तालाई मध्यनजर गर्दै फिटकिरी डटकम शुरु भएको छ ।

फिटकिरी डटकम निशुल्क अनलाइन वर्गिकृत बिज्ञापन गर्न सकिने माध्यम हो । आफनो पुरानो तथा नयाँ सामानको बिज्ञापन गर्नु परेमा प्रयोगकर्ताले फिटकिरी डटकममा निशुल्क खाता बनाइ सामान, सेवा तथा जागिरको बिज्ञापन गर्न सक्नेछन् ।

अनलाइन सेवा फिटकिरी प्रयोगकर्ताले आफनो कम्प्युटर र मोवाइलबाट आफूलाई चाहिने पुरानो तथा नयाँ सामानहरु चयन गरि बिना एजेण्ट सिधा बिक्रेतासँग सम्पर्क गरी कारोबार गर्न सक्नेछन् ।

फिटकिरी डटकम एकदमै नौलो र सजिलो अनलाइन वर्गिकृत बिज्ञापनमाध्यम भएको निर्देशक तुलसीराम पौडेलले बताए ।

एउटै विज्ञापनमा धेरै फोटोहरु अपलोड गर्न सकिने, सजिलै खोज्न सकिने, बर्गिकृत ट्याग र सफा डिजाइन फिटकिरी डटकमको बिशेषता रहेको कुरा पौडेल बताउँछन् ।

एकिकृत वर्गिकृत विज्ञापन सेवालाई स्थापित गर्ने उद्देश्यले यो माध्यम बिकास गरिएको देखिन्छ । आफूलाई कर्मचारी चाहिएमा यो माध्यममा बिज्ञापन गर्न र जागिर खान खोज्नेलाई जागिर खोज्न सकिने यसको अर्को मुख्य बिशेषता हो ।

सञ्चालनमा आएको एकदमै छोटो समयमा प्रयोगकर्ताले दिएको प्रतिक्रियाले आफू उत्साहित भएको र चाँडै मोबाइल एप्लिकेशन पनि सञ्चालनमा ल्याउने पौडेलले बताए ।


क्लिकमान्डु