शुधीर बस्नेतको वर्ल्ड मर्चेन्ट समस्याग्रस्तबाट फुकुवा, नयाँ लगानीकर्ताको प्रवेश



काठमाडौं । नेपाल राष्ट्र बैंकले वल्र्ड मर्चेन्ट बैकिङ एण्ड फाइनान्सलाई समस्याग्रस्त अवस्थाबाट फुकुवा गरेको जनाएको छ ।

ग वर्गको उक्त वित्तीय संस्थालाई साउन ७ गतेको निर्णय अनुसार समस्याग्रस्त अवस्थाबाट सशर्त फुकुवा गरेको जनाएको छ ।

फाइनान्स निक्षेप स्वीकार गर्ने, कर्जा प्रवाह गर्ने, जमानत प्रदान गर्ने लगायतका कारोबार गर्न नपाउने गरी २०७० असार १३ गते समस्याग्रस्त वित्तीय संस्थाको रुपमा राष्ट्र बैंकले घोषणा गरेको थियो ।

घरजग्गा व्यवसायी शुधीर बस्नेतको लगानी रहेको वल्र्ड मर्चेन्टमा नयाँ लगानीकर्ताको प्रवेशसँगै समस्याग्रस्तबाट फुकुवा भएको हो ।

वल्र्ड मर्चेन्टमा रहेको शुधीर बस्नेतको सेयर नयाँ लगानीकर्ताको समुहले किनेको छ । त्योसँगै राष्ट्र बैंकले समस्याग्रस्त हटाएको हो । समस्याग्रस्तबाट हटाएपछि वल्र्ड मर्चेन्टलाई निक्षेप संकलन तथा कर्जा प्रवाह गर्न बाटो खुलेको छ ।


क्लिकमान्डु