व्यवसायी चन्द्र ढकालले भने- मर्जरमा जाँदा सेयरधनी र ग्राहकको हित हेर्ने छौ



काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघका उपाध्यक्ष चन्द्र ढकालले ठूला बैंक मर्जर गरेर देशको अर्थतन्त्र मजबुद बनाउनुपर्ने बताएका छन् ।

ग्लोबल आइएमई बैंकका अध्यक्ष समेत रहेका ढकालले बैंकको विशेष साधारणसभामा बोल्दै मर्जरमा जादा बैंकका सेयरधनीको र ग्राहकको हित हेरिने बताए ।

विशेष साधारण सभामाबोल्दै ग्लोबल आइएमई बैंकका अध्यक्ष ढकालले ग्लोबल आइएमईले बैंकको शाखा सञ्जाल र पूँजीगत आधार समेत सुदृढ गरी प्रतिस्पर्धी क्षमताको विकास गर्दै गुणस्तरीय सेवा प्रदान गर्नको लागि प्राप्तिमा गएको बताए ।

नेपाल सरकारले ल्याएको ठूला बैंकहरुलाई मर्जर गरी देशको अर्थतन्त्रलाई मजबुद बनाउने नीतिलाई सफल पार्नु बैंकको कर्तव्य रहेको बताउँदैं उनले भने बैंक मर्जरमा जाँदा बैंकका शेयरधनी तथा आम ग्राहकको हितलाई केन्द्रमा राखिएको समेत बताए ।

हाथवे फाइनान्स कम्पनी लिमिटेडलाई प्राप्ति (एक्विजिशन)गर्ने विशेष प्रस्तावपारित गर्दै ग्लोबल आइएमई बैंक लिमिटेडको विशेष साधारण सभा सम्पन्न भएको छ ।

मंगलबार आयोजितविशेष साधारण सभाले हाथवे फाइनान्स कम्पनीलाई प्राप्तिगर्ने सम्बन्धी सम्झौतापत्र स्वीकृत गर्दै कम्पनी प्राप्तिगर्न अन्तिम स्वीकृति प्रदान गरेको छ । त्यस्तै साधारण सभाले प्राप्ति प्रयोजनका लागि मूल्याङ्कनकर्ताबाट प्राप्त सम्पत्ति, दायित्व तथा कारोबार मूल्याङ्कन प्रतिवेदन(डीडीए) का आधारमा निर्धारण गरिएको शेयर स्वाप अनुपात स्वीकृत गरेको छ । प्रतिवेदन अनुसार हाथवे फाइनान्स कम्पनीको १०० कित्ता शेयरलाई ग्लोबल आइएमई बैंकको ४२ कित्ता शेयर प्रदान गर्ने गरी शेयर स्वाप अनुपात स्वीकृत भएको छ ।

हाथवे फाइनान्सको प्राप्ति पछि ग्लोबल आइएमई बैंकको चुक्तापूँजी १० अर्ब ४३ करोड ६५ लाख रुपैयाँ पुग्नेछ । यसका अतिरिक्त बैंकको शाखा सञ्जाल १४१, निक्षेप १ खर्ब २५ अर्ब तथा कर्जा १ खर्ब १४ अर्ब पुग्ने छ । ग्राहक संख्या ११ लाख पुग्ने छ ।

आइएमई बैंकले जनता बैंक नेपालसँग मर्जर सम्बन्धी सम्झौतापत्रमा हस्ताक्षर गरी मर्जर प्रकृया अगाडि बढाएको छ ।

हाथवे फाइनान्सको साधारणसभाले पनि ग्लोबल आइएमईसँग एक्वाएर हुने सहमति प्रदान गरेको छ ।


क्लिकमान्डु