नेप्सेका सिइओ साउदले भने- एक महिनाभित्र बैंकलाई सेयर ब्रोकरको लाइसेन्स



काठमाडौं । नेपाल स्टक एक्सचेन्ज (नेप्से) का प्रमुख कार्यकारी अधिकृत (सिइओ) चन्द्र सिंह साउदले बैंकलाई ब्रोकर लाईसेन्स दिन अझै एक महिना लाग्ने बताएका छन् ।

मंगलबार लगानीकर्ताका प्रतिनिधिसँगको भेटमा साउदले बैंकलाई ब्रोकर लाईसेन्स दिनको लागि भन्दै कार्यविधि बनाउन सयम लागेकोे भन्दै एक महिना अझै समय लाग्ने बताएका हुन् ।

यद्यपी नेप्सेले बनाएको कार्यविधिलाई अस्विकार गरेर पुरानो व्यवस्था अनुसार बैंकको सहायक कम्पनीलाई ब्रोकरको काम गर्न अनुमति दिनु भन्ने निर्देशन नै दिइसकेको छ ।

मंगलबार भएको लगानीकर्तासँगको भेटमा साउदले नेप्सेको सञ्चालक समितिको बैठक बसेर निर्णय गरेर कम्पनी खोलेका बैंकको आवेदन माग्ने बताए । तर निकट स्रोतका अनुसार नेप्सेको सञ्चालक समितिलेको बोर्ड बैठक बसेर आवेदन दिनको लागि सूचना प्रकाशित गर्ने निर्णय गरिसकेको छ । तर मंगलबार साउदले बैठक नै बस्न नसकेको भन्दै लगानीकर्ताले झुक्याएका छन् ।

बैठकमा सहभागीले साउदलाई उदृत गर्दै भने, ‘हाम्रो सञ्चालक समितिका कहिले को नआउने, कहिले को नआउने गर्दा बैठक बस्न पाएका छैनौ । आज पनि दुई जना कर्मचारी नआएर बैठक बस्ने सम्भावना छैन ।’

बैठकको क्रममा साउदले आवेदन दिनासाथ ब्रोकरको लाईसेन्स दिन नसकिने भएकोले त्यसको लागि अध्ययन गरेर योग्यलाई मात्रै अनुमति दिने जानकारी गराए ।

भेटमा साउदले आफ्नो कारण बैंकको सहायक कम्पनीलाई ब्रोकर लाईसेन्स दिन रोकेको भन्ने हल्ला चलेको भन्दै त्यस्तो नभएको बताए । उनले भने ‘बैंकको सहायक कम्पनीलाई ब्रोकर लाइसेन्स रोक्न कसैले पनि भनेको छैन । योग्य सबै बैंकले पाउँछन् ।’


क्लिकमान्डु