यी हुन् कम सेयर मूल्य भएका बैंक, ८ वटाको सेयर मूल्य २५० भन्दा कम



काठमाडौं । अहिले सेयर बजार बढ्न सकेको छैन । चालु आर्थिक वर्षको बजेटले सेयरको पूँजीगत लाभकर ७.५ प्रतिशत बाट ५ प्रतिशत घटाएको थियो । तर,गणनाविधीको कारण लगानीकर्ता अन्यौलमा छन् ।

पछिल्लो समयमा पूँजीगत लाभरको विवादका कारण पनि बजारको विकास हुन सकेको थिएन । तर अहिले पूँजीगत लाभकर गणना विधि टुंग्याएर २०६४ साउन ३० देखि २०७६ असार ३१ गतेसम्म कारोबार भएका कम्पनीहरुको इन्डिभिजुएल मूल्यको औसतलाई आधार बनाएर आधार मूल्य निर्धारण गर्ने र सोही आधारमा पूँजीगत लाभकर गणना गर्ने भएको छ । यसले पनि सेयर बजारमा सुधार ल्याउन सकेको छैन । यो साताको अन्तिम दिन बिहीबार पनि बजारमा १४.१५ अंकले घटेको छ ।

बजार बढ्नु घट्नुमा बैंकिङ समूहको पनि भूमिका महत्वपूर्ण हुने गरेको छ । तर अहिले बजारमा सूचिकृत रहेका २७ वटा वाणिज्य बैंकमध्ये ८ वटा बैंकको सेयर मूल्य २५० रुपैयाँ भन्दा कम रहेको छ । यसमा पनि सबै भन्दा कम सिभिल बैंकको सेयर मूल्य प्रति कित्ता १५८ रुपैयाँ रहेको छ । २ सय रुपैयाँ भन्दा कम सेयर मूल्य हुने बैंकमा सेन्चुरी बैंक पनि रहेको छ । यो बैंकको सेयर मूल्य प्रति कित्ता १७४ रुपैयाँ रहेको छ । यता सिटिजन्स बैंकको भने २२८ रुपैयाँ रहेको छ ।

यस्तै जनता बैंकको सेयर मूल्य २१४ पुगेर कारोबार बन्द छ । कुमारी बैंकको २२१, लक्ष्मी बैंकको २२५, मेगा बैंकको २१२ र नेपाल बंगलादेश बैंकको सेयर मूल्य २२५ रुपैयाँ रहेको छ ।


क्लिकमान्डु