समता लघुवित्तको नाफा २४९ प्रतिशतले बढ्दा अरु सूचकमा कस्तो भयो सुुधार ?



काठमाडौं । समता लघुवित्त वित्तीय संस्थाले २४९.३१ प्रतिशले नाफा बढाएको छ । गत आवको चौथा त्रैमाससम्ममा २ करोड ५७ लाख ९७ हजार रुपैयाँ नाफा आर्जन गरेको छ । अघिल्लो आवको सोहि अवधिमा ७३ लाख ८५ हजार रुपैयाँ आर्जन गरेको थियो ।

यस्तै समताको खुद ब्याज आम्दानी पनि ७८.७६ प्रतिशतले बढेर ७ करोड ७ लाख २९ हजार रुपैयाँ पुगेको छ । अघिल्लो आवको सोहि अवधिमा ३ करोढ ९५ लाख ६५ हजार रुपैयाँ रहेको थियो ।

यस्तै सञ्चालन मुनाफा पनि ५१८.८४ प्रतिशतले बढेर ३ करोड २६ लाख ७ हजार रुपैयाँ रहेको छ । अघिल्लो आवको सोहि अवधिमा ५२ लाख ६९ हजार रुपैयाँ रहेको थियो । ६ करोड ६ लाख ७२ हजार रुपैयाँ चुक्ता पुँजी रहेको समताको जगेडा कोषमा ८ करोड ४२ लाख ५६ हजार रुपैयाँ रहेको छ ।

४९ करोड ५९ लाख ९ हजार रुपैयाँ निक्षेप संकलन गरेको समताले १ अर्ब ३० करोड ९७ लाख ५ हजार रुपैयाँ कर्जा लगानी गरेको छ । ०.२० प्रतिशतबाट ०.९८ प्रतिशत खराब कर्जा पुगेको समताको प्रति सेयर आम्दानी ४२ रुपैयाँ ३२ पैसा र प्रतिसेयर नेटवर्थ २३८ रुपैयाँ ८७ पैसा रहेको छ ।


क्लिकमान्डु