सिर्जना फाइनान्सको नाफा २९ प्रतिशतले बढ्यो
काठमाडौं । सिर्जना फाइनान्सले गत आर्थिक वर्ष २०७५–०७६ को चौथो त्रैमासको वित्तीय विवरण सार्वजनिक गरेको छ ।
यो अवधिमा फाइनान्सले नाफा २९.८७ प्रतिशतले सुधार गरेर १ करोड ५७ लाख ११ हजार रुपैयाँ खुद नाफा गरेकोे छ । अघिल्लो आवको सोहि अवधिमा १ करोड १३ लाख ११ हजार रुपैयाँ खुद नाफा आर्जन गरेको थियो ।
यस्तै फाइनान्सले यो अवधिमा खुद ब्याज आम्दानीमा भने प्रगति गर्न सकेको छैन । खुद ब्याज आम्दानी ३८.९७ प्रतिशतले घटेर १५ करोड ६३ लाख २९ हजार रुपैयाँ आर्जन गरेको छ । जुन अघिल्लो आवको सोहि अवधिमा २५ करोड ६१ लाख ५३ हजार रुपैयाँ रहेको थियो ।
यस्तै सञ्चालन मुनाफा २९.९९ प्रतिशतले बढेर २४ करोड ७१ लाख९१ हजार रुपैयाँ रहेको छ । अघिल्लो आवको सोहि अवधिमा १९ करोड १ लाख ५१ हजार रुपैयाँ रहेको छ ।
४६ करोड ८ लाख १५ रुपैयाँ चुक्ता पुँजी भएको सिर्जनाको जगेडा कोषमा २५ करोड ९८ लाख ४५ हजार रुपैयाँ रहेको छ । ७ अर्ब १५ करोड २६ लाख २४ हजार रुपैयाँ निक्षेप संकलन गरेको सिर्जनाले ४ अर्ब ८२ करोड ६२ लाख ५३ हजार रुपैयाँ कर्जा लगानी गरेको छ ।
फाइनान्सको खराब कर्जा १.३१ प्रतिशतबाट घटेर ०.३४ प्रतिशत रहेको छ । प्रति सेयर आम्दानी ३४ रुपैयाँ १४ पैसा रहेको सिर्जनाको प्रति सेयर नेटवर्थ १५६ रुपैयाँ ३९ पैसा रहेको छ ।