केही स्थानमा अझै भारी वर्षाको सम्भावना, ३ दिनसम्म कहाँ-कहाँ पर्छ पानी ?



काठमाडौं । ढिलो गरी सुरु भएको मनसुनको प्रभाव बढ्दै जाँदा यसको प्रभाव ३ दिनसम्म अझै देखिने भएको छ ।

मौसम पूर्वानुमान महाशाखाले दिएको जानकारी अनुसार मंगलबारसम्म केही स्थानमा वर्षा जारी रहने छ ।

त्यस्तै, आगामी २४ घण्टामा देशको पूर्व र मध्य क्षेत्रका थोरै स्थानमा र पश्चिमी भू–भागको एक÷दुई स्थानमा भारी वर्षा हुनेछ ।

त्यस्तै,जसले गर्दा पूर्व र मध्य क्षेत्रका पहाडी भू–भागमा पहिरो जान सक्ने र तराईमा पानीको बहाव रही रहने महाशाखाले जानकारी दिएको छ ।

महाशाखाका अनुसार आज आइतबार देशभरमा पूर्ण बादल रही धेरै स्थानमा वर्षा हुने सम्भावना छ । त्यस्तै सोमबार दिनभर बादल रही अधिकांश स्थानमा वर्षा हुने सम्भावना छ । देशको खास गरी मध्य क्षेत्रका थोरै र पूर्व र पश्चिम क्षेत्रका १/२ स्थानमा भारी वर्षा हुनेछ ।

मंगलबार दिउँसो देशभर बादल रही मध्य र पश्चिमका केही स्थानमा वर्षा हुने सम्भावना छ भने राति केही स्थानमा वर्षा हुनेछ ।


क्लिकमान्डु