आजदेखि राजधानीमा शैक्षिक मेला, विदेशी शिक्षाबारे सबै जानकारी पाइने
काठमाडौं । नेपाल शैक्षिक परामर्श संघ (इक्यान)को आयोजनामा १३ औं इक्यान शैक्षिक मेला बिहीबारदेखि राजधानीमा सुरु हुँदैछ । मेलाको सम्पूर्ण तयारी पूरा भइसकेको आयोजकले जानकारी दिएको छ ।
मेला उच्च शिक्षाका लागि विदेश जान चाहने विद्यार्थी तथा उनीहरुका अभिभावकलाई लक्षित गरी आयोजना गरिएको हो । मेलामा विभिन्न देशका विश्वविद्यालय तथा कलेजहरुसँगै एजुकेशन कन्सलटेन्सीहरुको सहभागीता रहनेछ ।
उच्च शिक्षाका लागि विदेश जाने विद्यार्थीहरुले मेलामा आफू जान चाहेको देश, विश्वविद्यालय तथा विषयबारे सम्पूर्ण जानकारी पाउनेछन् । त्यस्तै, मेलामा करिअर काउन्सेलिङमार्फत विद्यार्थीलाई सही मार्गनिर्देशन गरिने इक्यानका अध्यक्ष विष्णुहरि पाण्डेले जानकारी दिए ।
आइतबारसम्म चल्ने मेलामा ४ वटै दिन रक्तदान, डेन्टल क्याम्प तथा प्राथमिक उपचारका कार्यक्रम सञ्चालन हुनेछन् ।
मेलाको व्यपस्थापन वल्र्ड विजनेश म्यानेजमेन्ट एन्ड कन्सलट्यान्ट प्रालिले गरेको छ । ब्रिटिस काउन्सिलको प्रस्तुतिमा आयोजना हुने यस मेलाको टाइटल स्पोन्सर राइट पाथ करिअर काउन्सिलिङ प्रालि छ ।
त्यस्तै, मेलाको मुख्य प्रायोजकमा मेट्स एजुकेशन, पावर्ठ बाइमा पाथफाइन्डर इन्टरनेशनल डाइमन्ड स्पोन्रमा बीजीएमईए विश्वविद्यालय, गोल्ड स्पोन्सरमा ग्रेस इन्टरनेशनल छन् ।