भवानी राणा, सतिश मोर र राजेशकाजी लगायत व्यवसायीलाई सरकारले सम्मान गर्ने, को को परे ? (सूचीसहित)



काठमाडौं । सरकारले नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष भवानी राणा, नेपाल चेम्बर अफ कमर्सका अध्यक्ष राजेशकाजी श्रेष्ठ र नेपाल उद्योग परिसंघका अध्यष सतिशकुमार मोरलगायतलाई महत्वपूर्ण व्यवसायिक व्यक्तिका रुपमा सम्मान गर्ने भएको छ ।

व्यापार तथा निकासी प्रवद्र्धन केन्द्रका अनुसार महत्वपूर्ण व्यवसायिक व्यक्ति छनौट सम्मान एवम् सुविधा सम्बन्धी कार्यविधि, २०७४ अनुसार उनीहरुलाई सस्म्मान गर्न लागिएको हो । राष्ट्रिय अर्थतन्त्रमा वाणिज्य क्षेत्रको योगदान बढाउन यस क्षेत्रमा संलग्न व्यक्तिलाई सम्मान गर्न लागिएको प्रवद्र्धन केन्द्रले जनाएको छ ।

केन्द्रका अनुसार त्रिवेणी स्पिनिङ मिल, उनी गलैचा तर्फ सांग्रिला कार्पेट एण्ड ह्याण्डिक्राफ्ट इण्डष्ट्री, तयारी पोशाक तर्फ काठमाडौं फेसशन प्रालि, उनी तथा पश्मिना सलतर्फ एभरेष्ट पसम्ना निटिङ एण्ड वेभिङ र उनी फेल्टका उत्पादन तर्फ कल्पना क्राफ्ट सम्मानित हुने भएको छ ।

भारततर्फको रकमको आधारमा प्रथम, दोस्रो र तेस्रो स्थान हासिल गर्नेमा डाबर नेपाल प्रालि, आरती स्ट्रिप्स, र हुलास वायर रहेका छन् । यस्तै चीन तर्फ सामान निर्यात गर्नेमा न्यू हस्तकला एक्पोर्ट, गणेश हिमाल इम्पोर्ट एण्ड एक्पपोर्ट प्रालि र न्यू प्यागोडा इन्टरप्राइजेज रहेको छ ।

यस्तै कर विवादमा परेको तारागाँउ रिजेन्सी समेत सम्मान पाउने सूचीमा परेको छ । पर्यटन क्षेत्रमा सबैभन्दा बढी विदेशी मुद्रा आर्जन गर्ने होटलका रुपमा तारागाँउलाई सम्मान गर्न लागिएको केन्द्रले जनाएको छ ।


पुष्प दुलाल