गुगलले ल्यायो अलो, फेसबुक म्यासेन्जरलाई चुनौती



allo

इन्टरनेट जाइन्ट गुगलले नयाँ म्यासेजिङ एप्प ‘अलो’ सार्वजनिक गरेको छ । फेसबुक म्यासेन्जर, भाइबर, ह्वाट्स एप, इमो लगायत चल्तीमा रहेका थुप्रै प्रतिश्पर्धीलाई चुनौती दिँदै केही नौला फिचर्स सहित गुगलको अलो आएको हो ।

के हो अलो ?

गुगलको हालसालै सार्बजनिक गरेको मेसेजिङ एप हो अलो, धेरै काम गर्न र धेरै कुरा व्यक्त गर्नको राम्रो प्लेटफर्म हुने अनुमान गरिएको छ अलोलाई । यसमा उपलब्ध धेरै अप्सनले अलोलाई सबैको मोबाइल हेन्डसेटमा एउटा अभिन्न अंग बनेर सुरक्षित गराउने छ । यसमा आफुलाई ब्यक्त गर्न पर्याप्त ईमोजी, तुरुन्तै चित्र बनाउन डुडल, टेक्स्ट उपलब्ध छन् । यसको सबैभन्दा खास सुबिधा भनेको एपमा आउने भर्चुअल गुगल असिस्टेन्ट हो जसको उपस्थितिले अलोलाई तपाइको मोबाइलमा रिजेक्ट लिस्टबाट अलो लिस्टमा नराखी सुख पाउनुहुन्न ।

के के फिचर्स छन् त अलोमा ?

स्मार्ट रिप्लाई

मोबाइल मेसेजिंगमामा गुगलको अलो आर्टिफिसीएल इन्टेलीजेन्सको पहिलो मोबाइल एप्सको परिक्षण हो । यसमा उपलब्ध एआइले प्रयोगकर्तालाई मुड अनुसार मेसेजको रिप्लाई गर्न मद्दत पुर्याउछ । यसमा भएको आर्टिफिसीएल इन्टेलीजेन्सले समयसंगै प्रयोगकर्ताले बिगतमा दिने रिप्लाई, प्राप्त सन्देशको मर्म र मेसेजमा प्राप्त फोटोबाट तुरुन्तै सिक्न सक्छ त्यस अनुरुपनै मेसेज बबलमार्फत रिप्लाई सुझाउँछ । यसले प्रयोगकर्तालाई रिप्लाईका दौरान टाइप गर्नुपर्ने झन्झटबाट पनि मुक्ति दिने छ ।

इन्क

इन्कले प्रयोगकर्ताको फोटोमा तुरुन्तै डुडल बनाउन सहयोग गर्ने छ । तपाइले अब जन्मदिनको शुभकामना पठाउन प्रयोग गरेको केकको फोटो र यसको क्याप्सन अलग गर्न पर्दैन । इन्कले फोटोको माथिल्लो लेयरमा तुरुन्तै लेख्ने सुबिधा दिएको छ जसले गर्दा अब केकमै जन्मदिनको शुभकामना लेखेर पठाऊन सजिलो भएको छ । यति मात्र नभई प्राप्त फोटोमा रियाक्सन जनाउन एडभान्स रिप्लाईमा डुडल र टेक्स्ट राख्न मिल्ने छ । भर्खरै प्राप्त अमेरिकन कफीको फोटोमा अब क्या मिठो भन्न टाइप गर्न पर्दैन डुडलमार्फत स्माइल वा जेलसी तुरुन्तै ब्यक्त गर्न स्क्रिन औला दौडाए काफी हुनेछ ।

विश्वभरका स्टिकरको संगालो

अलोले प्रयोगकर्ताको स्टिकर रोजाईलाई फराकिलो बनाईदिएको छ । यसमा उपलब्ध हुने स्टिकर संगालो विश्वभरिका स्वतन्त्र आर्टिस्टहरुबाट लिइएका छन् । अलो मार्फत उपलब्ध स्टिकरले प्रयोगकर्ताको रोजाइको परिधि निकै फराकिलो बनाएको छ ।

साउट अर विस्पर

अलोले प्रयोगकर्तालाई आफुले पठाएको सन्देशको भाव समेत ब्यक्त गर्ने सुबिधा दिएको छ । तपाई कसैलाई वास्तविक जीवनमा कानमा खुसुक्क भन्ने कुराझैँ विस्पर गर्न सक्नुहुने छ । यसका लागि विस्परमार्फत आफुले पठाएको सन्देशको फन्ट सानो बनाउन सकिने छ र यदि तपाई आफ्नो सन्देशको महत्व वा तपाइको भावलाई सबैले सुन्ने गरि वा त चर्को स्वरमा व्यक्त गर्ने मनसायमा हुनुहुन्छ भने एक स्वाइप मार्फत फन्टको आकार बढाउन सक्नुहुने छ ।

गुगल असिस्टेन्टको साथ

14445326_10207515525473814_1373942301_n-pngअलोमार्फत तपाईलाई गुगलको भर्चुअल असिस्टेन्टले साथ दिने छ । अलोले तपाइलाई बुझ्न चाहेको नजिकैको रेस्टुरेन्टका परिकार हुन् वा त फुर्सदमा जान मन लागेको फुट्सल सहजै खोजिदिने छ । यतिमात्र नभई तपाइले आफ्नो सर्कलको कुराकानीमा गुगललाई मिसाउन सक्नुहुने छ जसका लागि सामुहिक कुराकानीमा @गुगल राखेर आफ्नो समूहमा गुगलको इन्टेलिजेन्ट असिस्टेन्टको साथ पाउनु हुने छ । यसरि गुगललाई समूहमा थपेर आफुले राखेको जिज्ञाशा वा साथीहरुको प्रश्नको सहजरुपमा  गुगलमार्फत उत्तर पाउनुहुने छ । अलो भ्रमण रुचाउने र नयाँ ठाउँ र रितिरिवाजमा बिशेस चासो राख्नेहरुलाई अझ सहयोगी हुने छ ।

इनकग्निटो मोड

अलोले प्रयोगकर्ताको रुची अनुसार मेसेजमा इन्क्रिप्सनको सुबिधा दिएको छ । स्न्यापच्याटको जस्तै मेसेजको म्याद यसमा थपिएको छ ।  अलोमार्फत अब प्रयोगकर्ताले पठाउने सन्देशको भ्यालीडीटि सेट गर्न सकिने छ  । साधारण कुराकानी जसको भविस्यमा खास महत्व नभएमा यस्ता सन्देशलाई ५ सेकेन्ड देखि १ हप्ता सम्मको निश्चित भ्यालिडीटि तोक्न सकिने छ । इन्कग्निटो च्याटमा पठाएको सन्देश तेश्रो पक्षले एक्सेस पाएमा पठाउने र पाउने दुवैको नाम अदृश्य रहन्छ र सन्देश आफै पनि बुझ्न नसकिने गरि इन्कोडेड हुन्छ ।

विज्ञापन

अहिलेसम्म अलोमा कुनै बिज्ञापन राखिएको छैन, निशुल्क डाउनलोड गर्न सकिने अलो विश्वभरका प्रयोगकर्तालाई लक्षित गुगलको पछिल्लो उत्पादन हो ।

अहिले अलोमा उपलब्ध स्मार्ट रेस्पोन्स र गुगल बोट असिस्टेन्टले अंग्रेजी भाषामा मात्र काम गर्न सक्ने छ  र अलो अहिले विश्वभर रिलिज भएको छैन । यसलाई अहिले बजारमा उपलब्ध भएका सबै स्मार्टफोनले डाउनलोड पाएका छैनन् । डाउनलोड गर्नका लागि एन्ड्रोइड प्रयोगकर्ताले प्ले स्टोर र आइओएस प्रयोगकर्ताले एप्समा गएर अलो सर्च गरेर गर्न  गर्नुपर्ने छ । क्लिकपश्चात देखिने स्क्रिनमा प्रि-रजिस्टरमार्फत डाउनलोडको लागि आबेदन दिन सकिने छ । प्रि-रजिस्टर गर्नेहरुलाई आफ्नो देशमा एलो सार्बजनिक हुने बित्तिकै नोतिफिकेसनमार्फत अलो डाउनलोड उपलब्ध हुने छ । पहिलो दिन बुधबारबाट भारतबाटअलोको डाउनलोड खुला गरिएको छ ।

तर यसमा प्रयोग हुने असिस्टेन्टले तपाइको सर्च वा गुगलमार्फत लियिएको सहायतालाई भविष्यका लागि गुगलले सुरक्षित राख्न सक्ने छ । जस्तो कि तपाई रेगुलर जानुहुने रेस्टुरेन्ट वा जिम हल यी सर्चहरु गुगलले आफ्ना वा आफुले बिज्ञापन गर्ने उत्पादनहरु तपाईलाई लक्षित गरि पठाउन भने सक्ने छ । यसको बारेमा उत्पादकले स्पस्ट केहि भनेको छैन यद्धपि गुगलका बिगतका उत्पादनलाई मध्यनजर गर्ने हो भने गुगलले यसो नगर्ला भन्न सकिन्न । आफ्ना सर्च र च्याट वा असिस्टेन्टमार्फत लिएका सहयतालाई मेटाउन भने अलो ले मौका दिएको छ ।

प्रि डाउनलोड अडरका लागि मोबाइल प्लेटफर्म अनुसार तल क्लिक गर्नुहोस्

एन्ड्रोइड फोन

आइफोन, आइप्याड, आइपोड टच


क्लिकमान्डु