चार करोड लगानीमा ट्रेनिङ सेन्टर स्थापना, विजनेस इन्कुभेसन सेन्टरसमेत संचालन
काठमाडौं । कोटेश्वर बालकुमारी पुलसँगै बहुउपयोगी आईसीए ट्रेनिङ्ग सेन्टर संचालनमा आएको छ । सेन्टरले थ्री स्टार होटल स्तरीय सुविधा नन स्टार शुल्कमा उपलब्ध गराउने जानकारी दिएको छ ।
सेन्टरमा १५ देखि १ सय जनासम्म अटाउने ६ वटा हल छन् । सेन्टरका हरेक हलमा भिडियो कन्फरेन्सिङ सुविधा छ । सेन्टर आफैंले सीटिईभिटी र लिंकन विश्वविद्यालयबाट सम्बन्धन लिएर विभिन्न किसिमका तलिमसमेत प्रदान गर्ने संचालक सुदीप कोइरालाले जानकारी दिए ।
तालिम केन्द्रमा ४५ जनालाई सेवा दिन सकिने इन्डोर र १ सय ५० जनालाई सेवा दिन सकिने आउट डोर रेस्टुरेन्ट छ ।
सेन्टरमा १ सय ३५ जनालाई आवासीय सुविधा उपलब्ध गराउन सक्ने सिंगल र कमन बेड रुम छन् । आइसिए सेन्टरले अनलाइन र फिजिकल लाइव्रेरीसमेत स्थापना गरेको जानकारी दियो । सेन्टरमा साउना, जिमलगायतका सुविधासमेत छन् ।
ट्रेनिङ्ग सेन्टरले विजनेस इन्कुभेसन सेन्टरसमेत संचालन गरेको छ । नयाँ खालका बिजनेश आइडिया ल्याउनेलाई सेन्टरले १ लाख रुपैयाँदेखि १५ लाख रुपैयाँसम्म सहयोग गर्ने कोइरालाले जानकारी दिए । ट्रेनिङ सेन्टरले ह्यान्डी म्यान सपोर्ट सर्भिसमार्फत घरघरमा आवश्यक १२५ प्रकारका सीपयुक्त जनशक्तिसमेत उपलब्ध गराउने बताएको छ ।
सेन्टर स्थापना गर्न ४ करोड रुपैंया लगानी गरिएको अर्का संचालक भरत तिमिल्सिनाले जानकारी दिए ।