तराई मधेशको विकासका लागि १ खर्बभन्दा बढी बजेट छुट्याएको छुः अर्थमन्त्री

154
Shares

काठमाडौं । अर्थमन्त्री डा. युवराज खतिवडाले पुर्वाधार निर्माण लगायत पुँजीगत खर्चमा १ खर्ब रुपैयाँभन्दा बढी बजेट तराईका जिल्लामा विनियोजन गरेका बताएका छन् ।

प्रतिनिधि सभाका बैठकमा बजेटको विषयमा उठेको प्रश्नको जवाफ दिँदै तराई मधेश, जनता आवास, हुलाकी मार्ग, राजमार्ग, भेरी,बबई डाईभर्सन, औधोगीक करिडोर, प्रधानमन्त्री कृषि कार्यक्रम लगायतका कार्यक्रम तथा भौतिक पूर्वाधारलगायतका कामममा १ खर्ब बढी पुँजीगत खर्च नै तराइमा रहेको मन्त्री खतिवडाले बताए ।

उनले वित्त आयोगले बनाएको सुत्रको आधारमा बजेट बनाएको र बजेट जनसंख्या, विकास निर्माणको अवस्था हेरेर राजस्व संकलनको अवस्था हेरेर बजेट बनाएको समेत जानकारी गराए । उनले चालु आवको बजेटमा कर्णालीमा अनुदान बढी रहेको जनाएका छन् ।

उनले अन्तिम समयमा भएकाले केही आयोजना पर्न जानकारी गराए । चालु रहेका अधुरा आयोजना संघमा रहेको मन्त्री खतिवडाले जानकारी गराए ।

उनले भने ‘पहिला भएका आयोजना हामीले किताबमा समावेश गरेका छैनौं, फेरी पुरानो आयोजना राखेर बजेट ल्यायो भन्छन भनेर नलेखेको हो, ती आयोजनालाई बजेट दिएर आयोजना पुरा भएपछि आयोजना स्थनीय तहलाई नै हस्तान्तरण गरिन्छ ।’

उनले नेपालले गरिबी हैन सम्बृद्धि वृद्धि गर्न लागेको बताए । ८.५ प्रतिशत आर्थिक विकासको लागि यो वा त्यो भन्न नहुने बताए ।

मधेसमा बजेट कम भएको, साना अयोजना बढी भयो, वितरणमुखी भयो भन्ने प्रश्न सांसदले उठाएका छन् । बजेट कम खर्च हुनुलाई पनि चिन्ताको रुपमा हेरिएको छ ।